काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
सारांश
- काठमाडौंमा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ ।
- राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ ।
- मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंमा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद्ले जानकारी दिएका छन् । भारी वर्षका कारण काठमाडौंको विष्णुमतीमा बाढी आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया