नेकपाका दुई अध्यक्ष विदेश भ्रमणमा, माधव नेपालले गरे छुट्टै भेला

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।
  • आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो ।
  • नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ । आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गर्नुभएको छ ।

सात प्रदेश नेतृत्व चयनमा सहभागिता नगराइएको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेको अध्यक्षद्वय विदेश जाँदा पनि कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल पक्ष असन्तुष्ट रहँदै आउनुभएको छ । सांगठानिक एकीकरणबाट सुरु भएको विवाद छुट्टै भेला बोलाउने अवस्था सृजना भएको छ ।

भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने माग गर्नुभयो ।

वरिष्ठ नेता नेपालको भनाइ उदृत गर्दै नेपाल निकट एक नेताले भने– ‘पार्टी विधि र पद्दतीमा चल्नुपर्छ, सामुहिक निर्णय गरेर अगाडिढ बढनुपर्छ, पार्टीमा छलफल नगरेर अध्यक्षद्वयले मात्र अधिकार केन्द्रीत गर्न खोल्नु ठिक तरिका भएन, पार्टीमा अध्यक्षद्धयले मन लाग्दै गर्ने निर्णय टुलुटुल हेरेर बस्न सकिँदैन ।’

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?