धर्तीका विषयमा यी चार रोचक तथ्य, जो तपाइँलाई थाहा नहुन सक्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
धर्तीका विषयमा यी चार रोचक तथ्य, जो तपाइँलाई थाहा नहुन सक्छ

सारांश

  • बीबीसी।
  • पृथ्वीसँग जोडिएका तथ्यका विषयमा लेख्ने वैज्ञानिक म्याट ब्राउन आफ्नो किताब ‘एभरीथिङ यूनि न्यू अबाउट प्लानेट अर्थ इज रङ’ (धर्तीका विषयमा तपाइँलाई जे थाहा त त्यो सबै गलत हो) मा यस्ता कुराको दाबी गरिएको छ, जसले विषय तपाइँको जानकारीमाथि प्रश्न उठाउन बाध्य पार्छ।
  • उनले बीबीसीसँग रोचक कुरा सुनाएका छन्।

बीबीसी। पृथ्वीसँग जोडिएका तथ्यका विषयमा लेख्ने वैज्ञानिक म्याट ब्राउन आफ्नो किताब ‘एभरीथिङ यूनि न्यू अबाउट प्लानेट अर्थ इज रङ’ (धर्तीका विषयमा तपाइँलाई जे थाहा त त्यो सबै गलत हो) मा यस्ता कुराको दाबी गरिएको छ, जसले विषय तपाइँको जानकारीमाथि प्रश्न उठाउन बाध्य पार्छ। उनले बीबीसीसँग रोचक कुरा सुनाएका छन्।

१) २०६० वर्ग किलोमिटरको नो म्यान्स ल्याण्ड
जमीन, समुन्द्र तट, शक्ति र व्यवसायलाई लिएर आफ्नमा युद्ध गर्ने देशकोबीचमा कयौं ठाउँ ‘नो म्यान्स ल्याण्ड’ भएको जानकारी तपाइँलाई होला।
अन्तर्राष्ट्रिय कानुनका अनुसार यो दुई देशको सिमानाबीचको खाली ठाउँ हुन्छ, जसलाई कुनै पनि मुलुकले कानुनी रुपमा नियन्त्रण गर्न सक्दैन। यद्यपी यस माथि कानुनी दाबी गर्न सकिन्छ। तर अफ्रिकाको एउटा यस्तो ठाउँ छ जहाँ कुनैपनि देश आफ्नो अधिकार होस भन्ने चाहन्न। बीर ताविल नामको यो ठाउँ २ हजार ६० किलोमिटरको छ र यो इजिप्ट र सुडानकोबीचको सिमानामा अवस्थित छ। यो इलाका २० औं शताब्दीको सुरुवातमा अस्तित्वमा आयो, जतिबेला इजिप्ट र सुडानले आफ्नो सिमाना यस्तो गरी बनाएका थिए ताकि उक्त ठाउँ कसैको पनि नहोस्। बीर ताविल सुख्खाग्रस्त इलाका हो। यहाँको जमिन बाँझो छ। र यो जमिनमा कसैले पनि दाबी गर्न चाँहदैनन्। तर यो इलाकाले कयौं मानिसलाई आफूतर्फ आकर्षित पनि गरेको छ। २०१४ मा अमेरिकाको भर्जिनियाका एक किसानले यहाँ एक झण्डा गाडेर आफूलाई ‘उत्तरी सुडान राज्य’ को गभर्नर घोषित गरेका थिए। उनी आफ्नी छोरी राजकुमारी बनून भन्ने चाहन्थे।

के पोर्चुगली खोजकर्ता फर्डिनेंड म्यागलन पृथ्वीको चक्कर लगाउने पहिलो व्यक्ति थिए? के उनले विश्वको सबैभन्दा ठूलो समुन्द्र आफ्नो नाममा गरेका थिए? यस्तो होइन। यद्यपी यो कुरालाई अस्वीकार पनि गर्न सकिँदैन। १४८० मा जन्मिएका फर्डिनेंड म्यागलन सुरुमा युरोपीयन थिए, जसले प्रशान्त महासागरलाई पार गरेका थिए।
१५१९ मा म्यागलन आफ्ना सहयोगीका साथ समुन्द्रको बाटो स्पाइस द्वीप खोज्नकालागि निस्किएका थिए। कयौं देश हुँदै तीन वर्षपछि यो टोली त्यँही पुगेको थियो जहाँबाट हिँड्न सुरु गरेका थिए।
यद्यपी स्पेनबाट सुरु गरिएको यो यात्रा पूरा गरेको खुशी बनाउन निकै कम मानिस मात्र जीवित बचेका थिए। २७० जना र चालक दलका सदस्यसहित सुरु भएको यो यात्रा समाप्त हुँदा मात्र १८ जनामात्र जीवित थिए। यात्राका क्रममा म्यागलनको पनि निधन भएको थियो।

यो यात्राका क्रममा १५२१ मा म्यागलन फिलीपीन्सको पूर्वी तटमा पुगेका थिए। त्यहाँमा मुल निवासीले उनलाई सीबू द्वीपमा लिएर गए। म्यागलन र उनका चालक दलका सदस्य सीबूका बासिन्दाका राम्रो साथी बने। उनीहरुबीच यस्तो मित्रता भयो की म्यागलन आफ्ना साथीलाई छिमेकी द्वीपमा बस्ने उनका दुश्मनको आक्रमणबाट बचाउनसमेत तयार भए। उनले आक्रमण गर्न सम्पूर्ण तयारी गरे अनि टुकडीको नेतृत्व म्यागलनले गरे। तर म्यागलन चाँडै घाइते भए। उनलाई विषमा डुवेको एक तीर लाग्यो र उनको निधन भयो। म्यागलनसँग गएका अन्य उनका साथी स्पाइस द्वीप खोजेपछि त्यही बाटो फर्किन चाहन्थे, तर आफ्नो बाटो परिवर्तन गरेर छोटो बाटो हुँदै उनीहरु स्पेन फर्किए।
म्यागलनले यो बाटोलाई प्रशान्त महासागर भने तर, यसलाई देख्ने उनी पहिलो युरोपीयन थिएनन्। वर्षौंपछि स्पेनका खोजकर्ता वास्को नुनेज डी बालबोआ पनामा हुँदै प्रशान्त महासागरको किनारा पुगे र आफ्नो तलवारलाई हावामा हल्लाउँदै आफूले यसको खोज गरेको दाबी गरे।

हामीलाई के लाग्छ भने पानीले भरिएको समुन्द्रको किनारा हुँदैन। तर समुन्द्रको एउटा किनारा अवश्य पनि हुन्छ। केही समुन्द्र त चारैतर्फबाट जमिनले घेरिएका पनि हुन्छन्। जस्तै भूमध्य सागर र काला सागर। कहिले काँही के पनि हुन्छ भने सागर कहिले महासागरमा मिसिन्छ थाहा पनि हुँदैन। तर यस्तोमा द्वीपका मालालाई जोडेर हेर्ने हो भने यसको जानकारी पनि पाउन सकिन्छ। तर एउटा यस्तो समुन्द्र छ, जसको कुनै पनि निकारामा जमिन छैन। यो हो सारगास्सो सागर।

यो अटलान्टिक सागरको पश्चिममा छ र उत्तर अटलान्टिकमा एकतर्फ मोडिएको लहरले यसको सीमा बनाएको छ। अटलान्टिकको मोडिएको लहरका कारण सारगास्सो सागरको पानी शान्त हुन्छ।
हामीलाई स्कुलमा भूकम्पको तीव्रतालाई रेक्टर स्केलमा नाप्न सिकाइएको हुन्छ। तर वास्तविकता के हो भने यसले पूरै र सत्य जानकारी दिँदैन।

१९३० मा भूगर्भ विशेषज्ञ चाल्र्स रेक्टर र बेनो गुटनबर्गले केवल क्यालिफोर्नियामा भूकम्पका कारण पैदा हुने उर्जा मापन गर्नकालागि यसलाई बनाएका थिए। यो एक प्रकारको सिस्मोग्राफ थियो।
यही कारण १९७० मा नयाँ प्रणालीको आविष्कार गरियो जसलाई आज भूगर्भ विज्ञानको एक मानकका रुपमा प्रयोग गरिन्छ। यसलाई सिस्मोलजिकल स्केल भनिन्छ।
सिस्मोजलिकल स्केलको प्रयोग ठूलो मात्रामा हुन्छ। तर यो मुश्किल नाम भएका कारण यसलाई रेक्टर स्केलका रुपमा नै लेखिन्छ।

आगामी दिनमा तपाइँ रेक्टर स्केलमा ८ तीव्रताको भूकम्पको बारेमा कतै पढ्नु भयो भने त्यसको मतलव सिस्मोलजिक स्केल हो भनेर बुझ्नुपर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ
काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ
२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !
२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
सरकारले बजेट ल्याउन नसक्नुमा देउवाको दोष–ओली
विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु
विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी
रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

तपाईंले छुटाउनुभयो कि?