हात्ती महोत्सव पुस १० देखि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
४३ पटक हेरिएको
Shares
हात्ती महोत्सव पुस १० देखि

सारांश

  • अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ ।
  • छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो ।
  • भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ ।

अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो ।

भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् ।

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिनेछन् । महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ । नयाँ वर्षमा विदेशी पर्यटक आफ्नै देशमा रमाउने हुँदा उनीहरुको सङ्ख्या कम हुने गर्दछ । नेपाली पर्यटक धेरै भित्र्याउन महोत्सव गर्ने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?
एकताबारे ओली र प्रचण्डले थप गृहकार्य गर्ने, यस्ता छन् अबका विषय ?
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
सताशिधाम जेसिसको अध्यक्षमा महेन्द्र भट्टराई
सताशिधाम जेसिसको अध्यक्षमा महेन्द्र भट्टराई
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता
फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता
गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई
गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई