काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १, २०७६
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु

सारांश

  • काठमाडौँ, ३० चैत, काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको बृहद् प्रदर्शनी गरिएको छ ।
  • बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो ।
  • प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालका लागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक यान फू छुले संयुक्त रुपमा सो प्रदर्शनीको उद्घाटन गरे ।

काठमाडौँ, ३० चैत, काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको बृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालका लागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक यान फू छुले संयुक्त रुपमा सो प्रदर्शनीको उद्घाटन गरे । अतिथिहरुले प्रदर्शनीमा राखिएका पोष्टरहरु निक्कै चाख मानेर अवलोकन गरेका थिए ।

 

कार्यक्रमको उद्घाटनपछि बोल्दै हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक याङ फू स्यूले हुनानको कला नेपालमा प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए । हुनान प्रान्त सांस्कृतिक विविधताले भरिएकोले त्यहाँको संस्कृति कलामार्फत प्रदर्शन गर्ने जमर्को गरिएको बताए । प्रदर्शनीबाट हुनानको इतिहास, संस्कृति बुझ्न सहयोग पुग्ने उनले बताए । उनले हुनान अत्यन्तै सुन्दर भएकोले नेपालीहरुलाई घुम्न आउन निम्ता पनि दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले आफू पनि हुनान पुग्न र हेर्न नपाएकोले प्रदर्शनीबाट धेरै कुरा जान्न पाएको बताइन् । सांस्कृतिक रुपमा सवल रहेको हुनान चिनिया नेता माओको जन्म स्थान पनि भएको बताउँदै राजदूत हौले एक पटक घुम्नु पर्ने ठाउँ भएको बताइन् । केही वर्ष यता बेल्ट एण्ड रोड क्षेत्रको व्यवहारिक सहकार्यमार्फत मजबुत गरेको दुई मुलुकको सम्बन्धलाई हुनान क्षेत्रको सांस्कृतिक पोष्टरहरुले पनि जोडेको उल्लेख गरिन् । उनले भनिन्, ‘आजको पोष्टर प्रदर्शनी एक महत्वपूर्ण कदम हो । यसले दुई मुलुकको सांस्कृतिक आदानप्रदानलाई बढावा दिनेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता तथा सांसद महेश बस्नेतले हुनानको सांस्कृतिक पक्षलाई नेपाल सामु पस्केको बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्विरहरुले हुनान संस्कृतिको विशेषताहरु झल्काएको छ, त्यहाँको आदर्श जीवनशैली, स्वभावसादगी, इमान्दारीता र आत्मविश्वास तथा यस क्षेत्रको सफलता र विकासलाई समावेश गरेको छ ।’ तस्विर अवलोकन गरेर आगन्तुकहरुले हुनान प्रान्तको आर्थिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा भएको प्रगति एवम् उन्नती जान्ने मौका प्राप्त भएको उनले बताए ।

प्रदर्शनीमा चीनका कलाकारहरुसहित नेपालका कलाकार, विद्यार्थी, मैत्री संस्थाका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ तथा आमन्त्रितसहित करीब २ सय ५० जनाको उपस्थिति रहेको थियो । सो पोष्टर प्रदर्शनीमा नेपालस्थित चिनिया सांस्कृतिक केन्द्र तथा हुनान प्रान्तिय संस्कृति र पर्यटन विभाग, हुनान विश्वविद्यालयको ललित कला संकाय र हुनान रेड नेटको आयोजना तथा नयाँ मिडिया कम्पनीको सहआयोजना रहेको छ ।

प्रदर्शनीमा ६० वटा पोष्टरहरु राखिएका छन् । शनिबार उद्घाटन गरिएको प्रदर्शनी आइतबार पनि कला परिषद्मा जारी रहनेछ भने सोमबार बिहान ९ बजेदेखि ५ बजेसम्म चिनिया सांस्कृतिक केन्द्रमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?
कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?
थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
थाइल्याण्डको सकस : प्रमुख दल बिना नै हुँदै निर्वाचन
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन
विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव
विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?
कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?
बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता
बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल