काठमाडौँ–रक्सौल रेलमार्ग पाँच बर्षभित्र बन्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
काठमाडौँ–रक्सौल रेलमार्ग पाँच बर्षभित्र बन्ने

सारांश

  • काठमाडौँ, ३० वैशाख ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् ।
  • राष्ट्रियसभाको अमाइतवारकाे बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गरे ।

काठमाडौँ, ३० वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् ।

राष्ट्रियसभाको अमाइतवारकाे बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर फर्कने क्रममा आफूले टेलिफोनमा कुराकानी गर्ने क्रममा प्रशंसापूर्वक ढंगले भ्रमण सफल भएको र दुई देशबीचको सम्बन्धलाई समुचित आधारमा अगाडि बढाउने उल्लेख गरेको जानकारी दिए ।

‘भ्रमणले उपयुक्त प्रतिफल दिनेमा म विश्वस्त छु, हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौँै अब, द्विपक्षीय, बहुपक्षीय र सर्वपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अन्तराष्ट्रिय नीति र उत्तरदायित्वलाई समेत आत्मसात् गरी स्थायित्व, विकास र समृद्धिको दिशामा सबै एक भएर अघि बढ्नुपर्छ’, उनले भने । भ्रमणले विगतमा देखिएका असझदारी र नमिल्दा कुरालाई सच्याएर उपयुक्त हिसाबले जान सहमत गराएको उल्लेख गर्दै उनले भ्रमणका क्रममा देखापरेको राष्ट्रवाद तथा जनताको सजगतापूर्ण सद्भावको सराहना पनि गरे ।

प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा कुनै असर नपु¥याई आफ्नो मामिलामा आफँै निर्णय गर्न कुनै अवरोध नपर्ने गरी दुवै पक्ष सहमत हुनु सकारात्मक उपलब्धि भएको बताए । कृषि क्षेत्रको विकास र सहकार्यमा आवश्यकताका आधारमा गरिनुपर्ने कामलाई दुवै देशले प्राथमिकता दिई कुन क्षेत्रमा के कस्ता विषयलाई समेट्न सकिन्छ भनेर विज्ञ समूह गठन गरी कार्यसूची बनाएर चाँडै कृषिमन्त्रीस्तरीय वार्ता गरिने उनले उल्लेख गरे ।

मुलुकको समृद्धिसँग जोडिएको काठमाडौँ–रक्सौल रेलमार्ग आगामी पाँच बर्षभित्र भारतीय लगानीमा बन्ने बताउँदै प्रधानमन्त्री ओलीले काठमाडौँ–रक्सौल रेलमार्ग सञ्चालनका लागि संयुक्त कार्यदल बनाएर छिट्टै अध्ययन शुरु गरिने उल्लेख गरे ।

दुई देशबीचको असाधारण व्यापार घाटा कम गर्न आगामी तीन महिनाभित्र व्यापार सन्धि पुनरावलोकन गरी भारतीय बजारमा नेपाली उत्पादन निर्यात बढाउन, चिया, अदुवा, जुट, अलैँचीलगायत वस्तुको निर्यात बढाउने सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले नेपाल प्रवेश गर्ने हवाई मार्ग बढाउन, तराईमा डुबान समस्या समाधान गर्न भ्रमणका क्रममा कुरा उठाएको र त्यसमा भारत सरकार सकारात्मक रहेकाले संयुक्त कार्यदल बनाई काम अघि बढाइने बताए ।

ऊर्जा व्यापारमा रहेको असमझदारी हटाई द्विपक्षीय व्यापार प्रवद्र्धनमा समान नीति बनाउने सहमति भएको छ भन्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनसम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने जानकारी पनि दिए ।

नेपालले थप बन्दरगाहको प्रयोग गर्ने विषयमा समेत छलफल भएको बताउँदै प्रधानमन्त्री ओलीले सडक सञ्जालको विस्तार र विकासमा महत्वपूर्ण विचारविमर्श भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीले भ्रमणका क्रममा व्यक्त गरेका आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्नुपर्ने अभिव्यक्ति सराहनीय रहेको बताउँदै दुई देशबीचको सम्बन्ध नयाँ उचाइका साथ समान हैसियतमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रधानमन्त्री ओलीले हालै देशका विभिन्न स्थानमा असिनापानीबाट भएको बालीनालीको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि निर्देशन दिइ सकिएको बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tarak Kisor Thapa

    Sayed 50 barsa samma ma huna sakla ki?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हत्याको आरोप लागी फरार काठमाडौंमा पक्रिए
हत्याको आरोप लागी फरार काठमाडौंमा पक्रिए
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९ घाइते
जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९ घाइते
हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् :पूजा शर्मा
हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् :पूजा शर्मा
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
१५ हजार सरकारी कर्मचारी नै गरिबको सूचिमा !
१५ हजार सरकारी कर्मचारी नै गरिबको सूचिमा !