भ्रमण वर्षः तालपोखराका रमाइला माछा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
५६ पटक हेरिएको
Shares
भ्रमण वर्षः तालपोखराका रमाइला माछा

सारांश

  • पाल्पा, रामपुरमा रहेको तालपोखरामा माछा हेर्नकै लागि पर्यटक आउने गरेका छन् ।
  • मानिसले नै निर्माण गरेको कृत्रिम ताल, तालका बीचमा रहेको मन्दिर, उद्यान तथा मोबाइलबाट तस्वीर खिंच्ने स्थल तथा डुङ्गामा शयर गर्नका लागि तालपोखरामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
  • पूर्वी भेग रामपुर नगरपालिका वडा नम्बर ६ तालपोखरामा माछा हेर्नेको चहलपहल बढेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयोे ।

पाल्पा, रामपुरमा रहेको तालपोखरामा माछा हेर्नकै लागि पर्यटक आउने गरेका छन् । मानिसले नै निर्माण गरेको कृत्रिम ताल, तालका बीचमा रहेको मन्दिर, उद्यान तथा मोबाइलबाट तस्वीर खिंच्ने स्थल तथा डुङ्गामा शयर गर्नका लागि तालपोखरामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पूर्वी भेग रामपुर नगरपालिका वडा नम्बर ६ तालपोखरामा माछा हेर्नेको चहलपहल बढेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयोे ।

नेपालका एक सय पर्यटकीय गन्तव्य केन्द्रका रुपमा सूचीकृत तालपोखरामा अहिले करीब आठ हजार माछा छन् । तालमा रहेका माछालाई दाना तथा भुजा फ्याँकिदिनेबित्तिकै माछा माथि उत्रिने दृश्यले सबैलाई लोभ्याएको समितिले जनाएको छ । देवकोटाका अनुसार तालमा तीनचार किलोसम्मका माछा छन् । ती माछा देख्दा सबै रमाइलो मान्छन् । पछिल्लो समय दाना तथा भुजा बोकेरै मानिसहरु तालपोखरा घुम्न आउने गर्छन् ।
तालपोखरा आएकामध्ये केही डुङ्गामा शयर गर्ने, तालका बीचमा रहेको जलेश्वर महादेवको दर्शन र पूजाराधना गर्ने, कोही तस्वीर खिंचेर फर्कने तथा कोही माछा मात्रै हेरेर फर्कने गरेको अध्यक्ष देवकोटाले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनकै निम्ति दैनिक करीब तीन सय पर्यटक तालपोखरा आउने गरेका छन् । हिउँदको समय प्रायः यस क्षेत्रका विद्यालय बिदा हुने र धेरैले घुम्ने मनोरञ्जन लिने समय भएकाले पनि पर्यटकको सङ्ख्यामा वृद्धि भएको देवकोटाको भनाइ छ ।
पहिले यहाँ गाईवस्तु चर्ने खाल्डो जमीन थियो । हिउँदमा गाईवस्तु चराउने चरन र वर्षात्मा अन्य क्षेत्रबाट बगेको पानी जम्मा भएर ताल बन्ने स्थानलाई तालपोखराका रुपमा विकास गरिएको हो । एक दशक अघिसम्म वर्षात्को पानीले भरिने खाडल अर्थात् ताललाई स्थानीय सरोकारवाला र बुद्धिजीवीले यस क्षेत्रमा ताल र मन्दिर तथा बालोद्यान लगायत विभिन्न पर्यटकलाई आकर्षण गर्ने खालका भौतिक संरचना निर्माण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरेपछि रामपुर आउनेबित्तिकै तालपोखरा पुग्नेको सङ्ख्यामा वृद्धि भएको देखिन्छ ।
विसं २०६६ पुस ११ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन गरी महायज्ञबाट रु एक करोड ७२ लाख बराबरको नगद, धान, तुला, जग्गालगायत सङ्कलन गरेर तालपोखराको अवधारणा बनाइएको थियो । विभिन्न व्यक्ति, सङ्संस्था तथा स्थानीय सरकार रामपुर नगरपालिकाबाट सहयोग सङ्कलन गरी तालपोखराका बीचमा महादेवको मन्दिर, चारैतिर ताल, शिवको मुक्ति निर्माण, उद्यान निर्माणलगायत वनभोजस्थललगायत निर्माण गरी तालको वरपर तारबारसमेत गरिएको छ । झण्डै तीन सय वर्ष पुरानो इतिहास रहेको तालपोखरा क्षेत्रको ४४ रोपनी क्षेत्रफलमा मात्र ताल रहेको छ । पानीले भरिएको तालको बीचमा प्यागोडा शैलीमा जलेश्वर महादेवको मन्दिर छ ।
झण्डै ६५ रोपनी क्षेत्रफलमा रहेको सो क्षेत्रको तालमा डुङ्गाबाट मन्दिरमा जाने आउने व्यवस्था व्यवस्था छ । चारैतिर बत्ती, शिवालय उद्यानलगायत विभिन्न व्यवस्थापन भए पनि तालको चारैतिरको पार्क, बालउद्यान, बनाउने समितिको योजना रहेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो ।
तालपोखराको विकासका निम्ति नगरपालिकाबाट अहिलेसम्म रु ५० लाख, नेपाल पर्यटन बोर्डबाट रु २५ लाख र समितिको पहलमा यसको पूर्वाधार विकास गरिएको हो । कास्कीमा रहेको फेवातालको झल्को दिने तालमा केही समय मत्स्यपालनसमेत गरिएको थियो । काली नदीको पानीलाई तानेर तालमा भरिँदै आएको छ । तालपोखरा निर्माणका निम्ति अहिलेसम्म करीब रु दुई करोड खर्च भइसकेको समितिले जनाएको छ ।
पाल्पाका श्रीनगर डाँडा, रानीघाट, सत्यवती मन्दिरलगायत विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्र जस्तै तालपोखरामा पनि पर्यटनको विकास गर्न लागिपरेको समितिले जनाएको छ । भगवान रामले त्रेता युगमा वनवासका क्रममा रामपुरको समेत भ्रमण गरेको विश्वास छ । यही क्षेत्रमा बनेको राममन्दिरको छुट्टै धार्मिक महत्व छ ।
भगवान् रामले खाना पकाएको रामचुलो, नुहाएको घाट रामघाट, बास बसेको ठाउँलाई रामका नामबाटै नामकरण भएका छन् । धार्मिक महत्व रहेको रामपुरमै तालपोखरा क्षेत्र रहेकाले पनि यसको महत्व रहेको छ । सरकारले पर्यटकीय गन्तव्य सूचीमा राखेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको समितिले जनाएको छ ।

(expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने  निर्णय, बोलायाे आकस्मिक बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने निर्णय, बोलायाे आकस्मिक बैठक
विमानस्थलभित्र यसरी बेचिन्छ मदिरा
विमानस्थलभित्र यसरी बेचिन्छ मदिरा
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
सुनसरीमा कसले मार्ला बाजी?
सुनसरीमा कसले मार्ला बाजी?
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
शृङ्खला मिस वल्र्ड २०१८ को दावेदार
शृङ्खला मिस वल्र्ड २०१८ को दावेदार
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा
क्यानले गर्यो एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा