न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी

सारांश

  • काठमाडौँ :  प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन् ।
  • सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसेका केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए ।
  • न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने न्याय खोज्न जनता कहाँ जाने ?

काठमाडौँ :  प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन् । सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसेका केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए ।

न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने न्याय खोज्न जनता कहाँ जाने ? यसको विरुद्धमा लड्नु सबै नेपालीको कर्तव्य हो ।’ उनले भने ।

प्रा डा केसीले आफूले सदैव चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सबै नेपालीका लागि सहज हुनुपर्छ भनेर चिकित्सकका हैसियतमा लडाइँ लडिरहेको बताए । अब न्यायपालिकाका गलत फैसलाविरुद्ध लडाइँ लड्ने उनले स्पष्ट पारे ।

उनले भ्रष्टाचार मुद्दा लागेका आयल निगमका महानिर्देशक गोपाल खड्कालाई न्यायालयले उन्मुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । सरकारका सबै अंगलाई सम्मान गर्ने भन्दै त्यसलाई सञ्चालन गर्ने राजनीतिक व्यक्ति र राजनीतिक दलले खराब बनाएको आरोप लगाए ।  डा केसीले संशोधनसहित तत्काल चिकित्सा शिक्षा विधेयक कात्तिक ४ गते संसद्को कार्यकालअघि नै पारित गर्न अनुरोध गरे ।

डा केसीले अनसनको छैटौँ दिनसम्म सरकारका तर्फबाट कुनै किसिमको प्रतिक्रिया नआएको पनि जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?