काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
२१८३ पटक हेरिएको
Shares
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल  : राप्रपा प्रवक्ता

सारांश

  • काठमाडौं, १९ बैशाख।
  • काठमाडौंमा महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपावीच तालमेल हुने भएको छ ।
  • दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिन दुबै दलका नेताहरु सहमत भएका छन् ।

काठमाडौं, १९ बैशाख। काठमाडौंमा महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपावीच तालमेल हुने भएको छ ।

दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिन दुबै दलका नेताहरु सहमत भएका छन् ।

एमाले र राप्रपाबीच उपत्यकाभित्रका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएको राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले बताएका छन् ।

यो सहमति अनुसार काठमाडौ र ललितपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले दुवैमा उपमेयरको उम्मेदवार उठाउने भएका छन् । काठमाडौँको मेयरमा एमालेले केही समयपछि उम्मेदवार तय गर्नेछ ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठका अनुसार सहमति अनुसार नै बाबुकाजी महर्जनलाई ललितपुरको उपमेयरका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दिइसकेका छन् भने उपमेयरमा उम्मेदवारी दिएका सुकमाया तामाङले उम्मेदवारी फिर्ता लिनेछन् ।

चुनावनी तालमेलबारे एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापावीच सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?