हामी पनि भारत सँग मिलेरै काम गर्छौं -केपी ओलि
सारांश
- काठमाडौं, २ पुष – एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने नयाँ सरकारले नेपालको बिकासका निम्ति भारतसँग मिलेर काम गर्ने बताउनु भएको छ ।
- उहाँले नयाँ सरकारले स्वतन्त्र परराष्ट्र नीति अनुसरण गर्ने पनि बताउनु भयो ।
- वाम गठबन्धनको तर्फबाट आइतबार होटल अन्नपूर्णमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संवाददाताहरुले सोधेको प्रश्नको उत्तरमा उहाँले सार्वभौमिक समानता आधारमा नेपालको बिकास लागि भारतसँग मिलेर काम गर्न चाहेको बताउनु भएको हो ।
काठमाडौं, २ पुष – एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने नयाँ सरकारले नेपालको बिकासका निम्ति भारतसँग मिलेर काम गर्ने बताउनु भएको छ । उहाँले नयाँ सरकारले स्वतन्त्र परराष्ट्र नीति अनुसरण गर्ने पनि बताउनु भयो ।
वाम गठबन्धनको तर्फबाट आइतबार होटल अन्नपूर्णमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संवाददाताहरुले सोधेको प्रश्नको उत्तरमा उहाँले सार्वभौमिक समानता आधारमा नेपालको बिकास लागि भारतसँग मिलेर काम गर्न चाहेको बताउनु भएको हो ।
भारतीय बिदेश मन्त्रालयका प्रबक्ता रवीशकुमारले मंसिर २८ मा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचनका लागि नेपाली जनतालाई बधाई दिंदै नयाँ बन्ने सरकारसँग काम गर्न आतुर रहेको बताउनु भएको थियो । भारतीय उक्त प्रतिक्रियालाई आधार बनाउँदै सोधिएको प्रश्नमा ओलीले भारतले आधिकारिक रुपमा नेपालको निर्वाचनबाट आएको जनादेशको कदर गर्ने बताएकाले त्यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताउनु भयो ।
‘भारतले आधिकारिक रुपमा के स्टेटमेन्ट दिएको छ रु हामी अहिलेको जनादेशलाई कदर गर्छौं, अहिले जसरी बहुमत आएको छ, त्यसले स्थिरता, स्थायित्व दिने हामीले विश्वास गरेका छौं । यसप्रति खुसी व्यक्त गर्छौ र मिलेर काम गर्न आतुर छौं भनेको छ’ उहाँले भन्नुभयो,‘अनि कथा बुन्नेहरुका कथाका पछाडि कुद्ने किन रु’
उहाँले नेपालको संविधानद्धारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र, विशेषत छिमेकी देश र अन्तराष्ट्रिय संघसंस्थासँग सुमधुर सम्वन्ध कायम गर्न कटिवद्ध रहेको बताउनु भयो । वाम घोषणापत्रमा पनि परराष्ट्रबारे यो उल्लेख भएको बताउनु भयो ।
मंसिर २८ मा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रबक्ता रवीश कुमारले भारत सरकार नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको बताउनु भएको थियो । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि सरकार र जनतालाई बधाई पनि उहाँले दिनुभएको थियो ।
Hari Hancy Hero
Ya vanda aagade india ko khuba kuro katako hoen. Jaba afula jetapaxe hagur ma tapi saga melxu.ma tapiko ho vana? haaaa hame janata li thaaa vo tapiko nakale ratara bada.
Gita Sing
India sanga na milly tw shukhii xiin
Devraj Kharel
नगरी हुन्न र ।
Arjun Bista
Milnu ra lampasar parnu ma farak xani ho sathi ho?
Ram Bd Kc
Good
Nand Gurung
nice policy.hip
Manoj Lamichhane
डाईल्युट हुने चै ख़तरा? कुम ले ठेलेर माया ले पेलेर गर्दा काईता हुन्छ?
Nandu Chaudhary
Kun mukhale bhaneko
Shyam Shubham Giri
खूव बान्चेट भन्थेउ त ? भारत को भा मात्र ऊचारण गर्ने लाई पनि तिम्रा हनूमान हरू भारतिय दलाल भन्दथ्य अव तिमी लाई के भन्छन त ती भातमारा हरूले ?
Ram Limbu
Milnu ko tarika hunxa
Oli mile pani aru jasto..
Arun Kumar Gomja
Jun joki aye pani tyahe kan chereko ho sathi ho!
Dil Subba
Nepal rashtra ra Nepali jantakolaagi utchitchha bhane tikchha.
Bharat Shrestha
Deubale jasto dalali nagarnu