अब मनोरञ्जन लिन फिल्म हल जानुपर्दैन्, मिडियाका समाचार हेरे पुग्छ : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं, २१ माघ ।
- प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेकपाले स्पष्ट दुई तिहाईको बहुमत ल्याउने घाषणा गरेका छन् ।
- उनले भने,‘अबको निर्वाचनमा नेकपालाई दुई तिहाईको बहुमत ल्याउन दुनियाँको कुनैपनि तागदले रोक्न सक्दैन् ।
काठमाडौं, २१ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेकपाले स्पष्ट दुई तिहाईको बहुमत ल्याउने घाषणा गरेका छन् । उनले भने,‘अबको निर्वाचनमा नेकपालाई दुई तिहाईको बहुमत ल्याउन दुनियाँको कुनैपनि तागदले रोक्न सक्दैन् । यदि कसैले रोक्ने हिम्मत गरे आजैबाट सुरु गरे हुन्छ ।’प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसविरुद्ध खरो रुपमा प्रस्तुत भएका थिए । उनले कांग्रेसले वर्तमान सरकारले गरेका कतिपय राम्रा कामहरुको बारेमा जनतामाँझ भ्रम सिर्जना गरेको आरोप लगाए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि नेपाली सेनाले किनेको हेलिकप्टरभित्रै सोफा लिएर हिँड्न थालेको भनेर मिडियामा आएको समाचारप्रति पनि कडा असन्तुष्टि व्यक्त गरे ।
उनले भने,‘अब फिल्म हलमा गएर मनोरञ्जन लिन छोडियो, अब त मिडियामा आउने यस्ता यस्तै समाचारले मनोरञ्जन दिन थालेका छन् ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
प्रतिक्रिया