यस्ता छन् २०७५ सालको मुख्य चाडपर्वः दसैंको टीका २ कात्तिकमा
सारांश
- काठमाडौं, १३ माघ ।
- नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ सालको पात्रो तयार पारेको छ ।
- पात्रो तयार भइसकेको र यो महिनाभित्र पात्रो बजारमा आउने समितिले जानकारी दिएको छ ।
काठमाडौं, १३ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ सालको पात्रो तयार पारेको छ । पात्रो तयार भइसकेको र यो महिनाभित्र पात्रो बजारमा आउने समितिले जानकारी दिएको छ ।
०७५ मा परेका मुख्य चाडपर्वहरु
वैशाख ३ गते मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)
जेठ १७ गते बुद्ध जयन्ती
साउन ११ गते गुरु पूर्णिमा
भदौ १० गते जनैपूर्णिमा
भदौ ११ गते गाईजात्रा
भदौ १७ गते कृष्ण अष्टमी
भदौ १८ गते गौरा पर्व
भदौ २४ गते कुशे औँसी
भदौ २६ गते दरखाने दिन
भदौ २७ गते तीज
भदौ २९ गते ऋषि पञ्चमी
असोज २४ गते घटस्थापना
असोज ३० गते फूलपाति
असोज ३१ गते महाष्टमी
कात्तिक १ गते महानवमी
कात्तिक २ गते विजयदशमी
कात्तिक ७ गते कोजाग्रत पुर्णिमा
कात्तिक १९ गते काग तिहार
कात्तिक २० गते कुकुर तिहार
कात्तिक २१ गते लक्ष्मी पूजा
कात्तिक २२ गते गोबद्र्वधन पूजा, गाईगोरु पूजा, म्ह पूजा
कात्तिक २३ गते भाईटीका
कात्तिक २७ गते छठ पर्व
मंसिर २० गते बालाचतुर्दशी
माघ ७ गते स्वस्थानी व्रत आरम्भ,
माघ २७ गते वसन्त पञ्चमी (सरस्वती पूजा)
फागुन २० गते महाशिवरात्री
चैत ६ गते पहाडमा फागु पूर्णिमा
चैत ६ गते तराइमा फागु पूर्णिमा
चैत २२ गते घोडेजात्रा
चैत ३० गते राम नवमी (चैतेदशैं)
प्रतिक्रिया