मृगौला तस्करी गर्ने गिरोह पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मृगौला तस्करी गर्ने गिरोह पक्राउ

सारांश

  • काठमाडाैँ , १४ साउन ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले फरक फरक स्थान र समयमा मृगाैला तस्कर गर्ने ५ जनालार्इ पक्राउ गरेकाे छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले गठन गरेकाे समूह मेडिकल रेस्पाेन्स टिम (एमअारटि) ले विशेष अनुसन्धान मार्फत उक्त गिराेहलाई पक्रेकाे हाे ।

काठमाडाैँ , १४ साउन । जिल्ला प्रहरी कार्यालय चितवनले फरक फरक स्थान र समयमा मृगाैला तस्कर गर्ने ५ जनालार्इ पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले गठन गरेकाे समूह मेडिकल रेस्पाेन्स टिम (एमअारटि) ले विशेष अनुसन्धान मार्फत उक्त गिराेहलाई पक्रेकाे हाे ।

मेडिकल सिटीको रुपमा चिनिएको चितवन जिल्लामा स्वास्थ्य सम्बन्धी बिभिन्न अपराध हुन
सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय चितवनले मेडिकल रेस्पाेन्स टिम गठन गरी परिचालन गरेकाे थियाे । मानव स्वास्थ्यमा असर पार्ने आपराधीक गतिविधि नियन्त्रण गर्न, अशिक्षित, गरिवि र दुर्गम भेगका मानिसलाई बिभिन्न आर्थिक प्रलोभन देखाई तिनीहरुलाई भारतको दिल्लीमा लगी मृगौला झिकी बिक्रि गरी दिने र त्यस वापत कमिशन लिने जस्ता अपराधहरु नियन्त्रण गर्नु यो समूहको मुख्य उद्देश्‍य रहेको छ ।

पक्राउ पर्नेमा जिल्ला नुवाकोटका  ४१ वर्षिय दुर्गा बहादुर दर्जी,  रौतहट चन्द्रपुर न.पा.का ३५ वर्षिय बिक्रम पहरी,   मकवानपुरका  २८ वर्षिय प्रकाश तामाङ,  मोरङ बयरबनका ३४  वर्षिय दिपक लिम्बु र
रसुवा उतरगया गाउँपालिकाका  २८  वर्षिय बिशाल नेपाली रहेका छन् । उनीहरु साउन १ र ४ बाट चितवन र काठमाडाैँबाट पक्राउ परेका थिए ।

दुर्गा परियार बाहेक अरुले अन्य तस्करहरुको सम्पर्कबाट भारतको बिभिन्न अस्पतालहरुमा गई १/१ वटा मृगौला बिक्री गरेको र सोही क्रममा निजहरुले सोझासिधा तथा निमुखा सर्व साधारणहरुलाई प्रलोभनमा पारी भारतको बिभिन्न अस्पतालहरुमा सम्पर्क गराई मृगौला तस्कर गर्ने गरेको खुल्न आएको छ भने मृगौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मृगौला बिक्रीबाट रु.५०,०००/- देखि १,००,०००/- सम्म कमिशन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास भई रहेको छ । भने पक्राउ परेकाहरु माथि
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत
अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
अन्डरग्राउन्ड पार्किङमा पसल ! सडकमा पार्किङ
अन्डरग्राउन्ड पार्किङमा पसल ! सडकमा पार्किङ
हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी
हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
सन्दिपकाे अर्काे किर्तिमान, बिग ब्यास लिग खेल्ने पहिलाे एसाेसिएट खेलाडी !
सन्दिपकाे अर्काे किर्तिमान, बिग ब्यास लिग खेल्ने पहिलाे एसाेसिएट खेलाडी !
विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा
विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा
अश्लीलताको आरोपमा ७ विदेशीलाई देशनिकाला
अश्लीलताको आरोपमा ७ विदेशीलाई देशनिकाला
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
मास्कमाण्डु : छेक्दैन धुलो बजारिया मास्कले
मास्कमाण्डु : छेक्दैन धुलो बजारिया मास्कले