भाउजुलाइ मारेका भाइले दाइ र भतिजि मारेकाे खुलासा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
भाउजुलाइ मारेका भाइले दाइ र भतिजि मारेकाे खुलासा !

सारांश

  • सप्तरी, १६ साउन ।
  •   गत जेठ ३१ गते सप्तरीको राजविराज नगरपालिका–१५ स्थित मुसर्नियामा २४ वर्षीया एक गर्भवती महिलाको हत्या भएको करिब डेढ महिनापछि उनका पति र डेढ वर्षीया छोरीको पनि हत्या भएको खुलेको छ।
  • गत जेठ ३१ गते राति स्थानीय बेचनीदेवी साहको मृत शव प्रहरीले उनकै घरको शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको थियो।

सप्तरी, १६ साउन ।  गत जेठ ३१ गते सप्तरीको राजविराज नगरपालिका–१५ स्थित मुसर्नियामा २४ वर्षीया एक गर्भवती महिलाको हत्या भएको करिब डेढ महिनापछि उनका पति र डेढ वर्षीया छोरीको पनि हत्या भएको खुलेको छ। गत जेठ ३१ गते राति स्थानीय बेचनीदेवी साहको मृत शव प्रहरीले उनकै घरको शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको थियो।

सोही घटना अनुसन्धान गर्ने क्रममा उनका पति अन्दाजी ४८ वर्षीय सूर्यनारायण र छोरी प्रतिभाको पनि हत्या भएको प्रहरीले पुष्टि गरेको छ।तीनै जनाको हत्या आरोपमा मृतक सूर्यनारायणका भाई ४५ वर्षीय मुर्जा भन्ने पञ्चदेव, पञ्चदेवकी पत्नी ३७ वर्षीया प्रमिलादेवी, सालो सत्यनारायण साह, स्थानीय २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भन्ने जिवछ साहलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ४ महिने गर्भवती बेचनीको शव कुहिएको अवस्थामा ट्वाइलेटको रिङमा फेला परेसँगै पति सूर्यनारायण र छोरी पनि सम्पर्क विहीन थिए।

पतिले नै बेचनीको हत्या गरेर फरार भएको हुनसक्ने आशंका समेत गरिएको थियो। तर, अनुसन्धानका क्रममा पक्राउ परेका पञ्चदेव, धर्मेन्द र जिवछले दुवैको घाँटी थिचेर हत्या गरेको वयान दिएपछि प्रहरीले उनीहरुको शव खोजी गरिरहेको छ। सूर्यनारायण र छोरी प्रतिभाको घाँटी थिचेर हत्या गरी कोशीको पश्चिमी नहरको च्यानलमा शव गाडेको आरोपीको वनानपछि प्रहरीले शवको खोजी सुरु गरे पनि फेला पार्न सकेको छैन। नहरमा पानीको मात्रा बढी भएकाले हालसम्म शव फेला नपरेको एसपी मुकेशकुमार सिंहले बताए। पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत राजविराजबाट म्याद थप गरी थुनामा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति
न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति
थुनुवा भागेपछि इन्सपेक्टरसहित ५ प्रहरीमाथि कारवाही
थुनुवा भागेपछि इन्सपेक्टरसहित ५ प्रहरीमाथि कारवाही
पुनःनिर्माणमा आएको पैसा दाताको आफ्नै स्वार्थपूर्तिमा
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
बाराक अाेबामालाइ पठाएकाे वम सीएनएनको कार्यालयमा !
बाराक अाेबामालाइ पठाएकाे वम सीएनएनको कार्यालयमा !
माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित
माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
मलेसियाका गृहमन्त्रीले गरे चन्द्रागिरिकाे भ्रमण
मलेसियाका गृहमन्त्रीले गरे चन्द्रागिरिकाे भ्रमण
रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार

तपाईंले छुटाउनुभयो कि?