७० वर्षीया वृद्धा र १३ वर्षीया बालिका माथि बलात्कार
सारांश
- बिराटनगर १२ भदौ।
- बलात्कारका घट्ना सार्वजनिक भईरहेका समयमा मोरङ्ग जिल्ला को बेलबारी ५ घर भई मोरङको रंगेली नगरपालिका वार्ड नं.
- २ जलियाटोल स्थित छोरीको घर आएकी वृद्धालाई नातामा सम्धी पर्ने ६० वर्षीय सुन्दरलाल झागडले बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ।
बिराटनगर १२ भदौ। बलात्कारका घट्ना सार्वजनिक भईरहेका समयमा मोरङ्ग जिल्ला को बेलबारी ५ घर भई मोरङको रंगेली नगरपालिका वार्ड नं. २ जलियाटोल स्थित छोरीको घर आएकी वृद्धालाई नातामा सम्धी पर्ने ६० वर्षीय सुन्दरलाल झागडले बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ। झागडलाई प्रहरीले पक्राउ गरेको छ।मा ७० वर्षीया वृद्धा र १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ।मदिरा सेवन गरी झागडले बलात्कार गरेको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए।
यसैगरी, मोरङको धनपालथान गाउँपालिका ४ का १९ वर्षीय महेश चौधरीलाई १३ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।बालिकालाई ललाई–फकाई गरी स्थानीय एक निजी विद्यालयको एकान्त कुनामा लगेर चौधरीले बलात्कार गरेको निरीक्षक कार्कीले बताए।दुबै घटनाका पीडितको स्वास्थ्य चेकजाँचपछि अदालतवाट म्याद थप गराएर आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको कार्कीले जानकारी दिएका छन् ।
Umesh Dhakal
लाग्छ, यो देशमा बलात्कार अनी हत्याको सिजन नै शुरु भएछ !!
‘अपराधीलाई कारवाहि होस’