काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
२६४९ पटक हेरिएको
Shares
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !

सारांश

  • काठमाडौं, वैशाख १९ – काठमाडौं महानरपालिकामा एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सम्भावना बढेको छ ।
  • यसका लागि राप्रपाको केन्द्रिय कार्यालय चावहिलमा छलफल हुँदैछ ।
  • काठमाडौंमा अझै मेयरको उम्मेद्वार टुंगो लगाउन नसकेको एमालेले राप्रपासँगको छलफलपछि मात्र नाम टुंग्याउने भएको छ ।

काठमाडौं, वैशाख १९ – काठमाडौं महानरपालिकामा एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सम्भावना बढेको छ । यसका लागि राप्रपाको केन्द्रिय कार्यालय चावहिलमा छलफल हुँदैछ ।

काठमाडौंमा अझै मेयरको उम्मेद्वार टुंगो लगाउन नसकेको एमालेले राप्रपासँगको छलफलपछि मात्र नाम टुंग्याउने भएको छ । राप्रपाले भने काठमाडौंमा राजाराम श्रेष्ठलाई मेयरको उम्मेद््वार बनाइसकेको छ ।

तालमेलको गृहकार्य अहिलेसम्म सकारात्मक रुपमा अघि बढिरहेको र सहमति भए काठमाडौंमा राप्रपाले एमालेका उम्मेद्वारलाई समर्थन गर्नेछ भने उपमेयरमा राप्रपाले पाउने तालमेलको रणनीति बनाइरहेका राप्रपाका एक नेताले जानकारी दिनुभयो ।

काठमाडौं महानगरसहित स्थानीय तहका उम्मेदवार टुंगो लगाउन सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार दिउसो एमाले शीर्ष नेताको बैठक बसिरहेको थियो। बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अाइपुगे। उनी सिधै एमाले नेताहरु बसिरहेको कक्षतर्फ लम्किए।

उहाँको प्रवेशले हामी सबै चकित परेका थियौं। किनकि यो एमालेको आन्तरिक बैठक बसिरहेको थियो,’ बैठकमा सहभागी एक नेताले भने।

बैठकमा थापाको प्रवेशले एमाले नेताहरु चकित परेका थिए। उम्मेवार टुंगो लगाउन नसकिरहेका बेला थापाको प्रवेश एमाले नेताहरुलाई अप्रत्यासित बन्यो। सोमबार मात्र सरकारबाट बाहिरिएको पार्टीका अध्यक्ष एमाले शीर्ष नेता बैठकमा अाइपुग्दा सबै अा अाफ्नै अड्कलबाजी गरे।

अध्यक्ष थापाले अाफू अरु कुनै कारणले नभई चुनाबी गठबन्धनबारे छलफल गर्न अाएको बताए। एमाले नेताहरुले उनलाई स्वागत गर्दै दुई पार्टीले वैशाख ३१ गतेको स्थानीय तहको चुनावमा कसरी गठबन्धन बनाएर अघि बढ्न सक्छन् भनेर केहीबेर छलफल गरे। ‘उहाँको प्रवेशले हामी सबै चकित परेका थियौं। किनकि यो एमालेको आन्तरिक बैठक बसिरहेको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर उहाँको प्रवेश चुनाबी गठबन्धनका लागि पो रहेछ।’

कमल थापा राप्रपाका अर्का नेता दीपक बोहोरासँगै एमाले कार्यालय पुगेका हुन्। करिब १५ मिनेट एमाले नेताहरुसँग छलफल गरेपछि अध्यक्ष थापा एमाले पार्टी कार्यालयबाट बाहिरिए। तपाइँहरुबीच के कुरा भयो? भन्ने संवाददाताहरुको प्रश्नमा उनले भने, ‘भित्र छलफल हुँदैछ।’

अध्यक्ष थापालाई अाफ्नै गाडीमा राखेर उनले केहीबेर छलफल गरेर एमाले संसदीय परिसरबाट निस्किए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?