कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?

सारांश

  •            दुल्लु।
  • कैदीबन्दीको बाक्लो उपस्थितिले भरिभराउ सभा कक्ष।
  • कक्षको एक छेउ नेपालका  लेखकका कृतिले भरिएका दराजले हलको सौन्दर्य थपेकै थियो।
          
दुल्लु। कैदीबन्दीको बाक्लो उपस्थितिले भरिभराउ सभा कक्ष। कक्षको एक छेउ नेपालका  लेखकका कृतिले भरिएका दराजले हलको सौन्दर्य थपेकै थियो। कारागारमा पुस्तकालय स्थापनाको मूल क्षण पर्खेर बसेका कैदीबन्दी साहित्यकारको प्रवेशले थप हौसिए। 
औपचारिक रुपमा पुस्तकालय उद्घाटन र छोटा भाषण सकिएलगत्तै शुरु भयो ‘कैदीबन्दीसँग साहित्यकार’। त्यसपछि शुरु भयो साहित्यकारसँग कैदीबन्दीको बहस। “तपाईं घर होइन घाट मन पराउनुहुन्छ किन? मीरा भट्टराईलाई अहिले पनि प्रेम गर्नुहुन्छ? व्यक्तिको जीवनलाई ‘डेथ इज टोटल कम्प्लीट वेष्ट टाइम’ भनी किन व्याख्या गर्नुभएको हो?” दैलेख कारागारका कैदीबन्दीले लेखक कुमार नगरकोटीलाई सोधे।
“जीवन बाँचुञ्जेल केही गर्ने हो, हामी काम गर्दैछौं भने समय पुग्यो भनेर लिन आएको यमराजलाई एकछिन बाहिर पर्ख भन्न सकिन्छ” नगरकोटीले भने।  “मीरा भट्टराई विवाहित थिइन् तर म प्रेम गर्थेँ र अहिले पनि गर्छु भनेर ‘मिष्टिका’ मा लेखेंँ, त्यो पढेपछि एक जना अविवाहिताले विवाहको प्रस्ताव राखिन्। विवाह भयो, डेढ महीना टिकेन, सम्बन्धविच्छेद गरेर बसेंँ। मेरो स्वभावै असाधारण छ, त्यही किसिमले सोच्छु अनि लेखनीमा पनि आउँछ”, नगरकोटीले आफ्नो साहित्यिक लेखनबारे व्याख्या गरे। 
कर्णाली प्रदेश प्रहरी कार्यालयको आह्वानमा कारागारलाई किताब कार्यक्रमको उद्घाटनपछि उनका शब्द शब्द कैदीबन्दीले एकोहोरो सुनिरहे। कर्णाली प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहको अवधारणाअनुसार तीन महीना लामो प्रयासपछि कर्णाली प्रदेशका १० जिल्लामा कारागारलाई किताब हस्तान्तरण गरिएको छ। शाह मदन पुरस्कार विजेता लेखक हुन्। 
पुस्तकालयमा कैदीबन्दीले आफ्नो कैद भुक्तान मात्रै होइन, जीवन उपयोगी ज्ञानसमेत प्राप्त गर्नेछन्। कारागारलाई सुधारगृह बनाउने उद्देश्यसहित पुस्तकालय स्थापना गरिएको हो। कैदीबन्दीको सुधार र सामाजिक पुनःस्थापनाका लागि कारागारमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो। दैलेख कारागारमा भने तीन वर्ष पहिलेदेखि कारागारको आन्तरिक स्रोत र शुभेच्छुकको सहयोगले दैलेख सुधारगृह पुस्तकालय नाम दिई झण्डै सय जति किताब व्यवस्था गरी पुस्तकालय सञ्चालन भएकाले अरु जिल्ला भन्दा कार्यक्रम विशेष बन्यो।
पहिलेदेखि नै पुस्तकालय भएको र कैदीबन्दीमा पनि पढ्ने बानी बसिसकेका कारण शनिबार १० वटै जिल्लामा तय गरिएको ‘कारागारलाई किताब’ कार्यक्रमको उद्घाटन कार्यक्रम र कैदीबन्दीसँग अन्तक्र्रिया भिन्न र विशिष्ट रह्यो। उद्घाटनपछि किताबबारे कैदीबन्दीसँगको अन्तक्र्रिया कार्यक्रममा अर्का लेखक शेखर खरेलले एक वर्षअघि ‘सदृष्य अनलाइन डट कम’ मा लेखिएको ‘कार्ल माक्र्स, कम्युनिष्ट र कालभैरव’ लेखबारे कैदी नाइके मानबहादुर नेपालीले पढेको प्रसङ्ग सुनाएपछि इण्टरनेट सेवा उपलब्ध नहुने कारागारका कैदीबन्दीले पढेको अचम्मित भएको बताए। 
उनले लेखेको मैले नदेखेको हिप्पीबारे पनि कैदीबन्दीले प्रश्न गरिदिएपछि कारागारलाई किताब अभियान नहुँदै पनि दैलेख कारागारका कैदीबन्दीले किताब पढ्ने, किताबबाट ज्ञान लिने र ज्ञान बाँड्ने गरेको पुष्टी गरेको टिप्पणी गरे।
अन्तक्र्रियामा ‘मोक्षान्त काठमाण्डु फिवर’, ‘फोसिल’, ‘अक्षरगञ्ज’, ‘मिष्टिका’, ‘घाटमाण्डू’ र  ‘दोचा’ कृतिका भित्री कथावस्तुबाट कैदीबन्दीका प्रश्न, उत्सुकता र टिप्पणी सुनेपछि दैलेख कारागारमा किताब पढ्ने मात्र होइन लेख्न सक्ने क्षमताको पनि विकास भएको आफूलाई लागेको नगरकोटीले  सुनाए। 
अन्तक्र्रियाअघि पुस्तकालयको औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँसकोटाले पुस्तक पढ्ने बानीले सकारात्मक सोच र कल्पनाशील क्षमताको विकास हुने बताएका थिए। कारावास अवधिमा कैदीबन्दीलाई सिर्जनात्मक काममा लाग्न सिकाउने  तथा समाजमा पुनःस्थापना हुन सघाउने उद्देश्यले ‘कारागारलाई पुस्तक’ कार्यक्रम ल्याइएको उनले प्रष्ट्याए। ‘कारागारलाई किताब’ उपसमितिका संयोजक जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज ठाकुरप्रसाद पोखरेल, जेलर जीतबहादुर खत्री, प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य र  कारागार बुक क्लबका अध्यक्ष मानबहादुर नेपालीले पनि पुस्तकको महत्वबारे प्रकाश पारेका थिए। कारागारलाई पुस्तक अभियानका लागि विभिन्न स्थानीय तह, नागरिक समाज र शुभेच्छुकसमेतको सहयोगमा किनिएका ६१४ नयाँ किताब र पुरानासमेत दैलेख कारागारमा अब ८७६  किताब व्यवस्था भएको जनाइएको छ। 
दैलेख कारागारमा १०९ पुरुष र १६ महिला तथा आश्रित तीन बालबालिका छन् ।  कैदीबन्दीको प्रयासमा कारागार हाताभित्रै भलिबल र  सरस्वती मन्दिर निर्माण गरिएको छ। सकारात्मक भावना विकास गर्न कारागारभित्रै योगाभ्यास गराइने जेलर खत्रीले बताए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन
फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन
प्रेस काउन्सिल नेपाललार्इ प्रेस युनियनकाे चेतावनि
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
अख्तियारद्वारा सशस्त्रका टेन्डर विवादमा  छानबिन सुरु !
अख्तियारद्वारा सशस्त्रका टेन्डर विवादमा छानबिन सुरु !
कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
कोरियाको याङजीमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले
अाँचारसहिता उल्लघन भैराछ के रमिता हेरेर बस्छौ ?? एमाले
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !

तपाईंले छुटाउनुभयो कि?