काठमाडौं
सारांश
- विजय तिमिल्सिना काठमाडौं दिनभरि तासको खाल अनि आधा रात जाँडको आलमा डुब्दासम्म केही हुन्न तर एक झर झरीले जलामय हुन्छ जनताका नाममा सदनका कैयौ कुर्सी भाँचिए, साटिएसम्म केही हुन्न तर सरकारका एक आश्वासनले यो मन हराभरा हुन्छ बोल्दिए पुग्ने हामीलाई चुलोमा तेल सडकमा रेल भातै खानलाई केको दुःख भनिदिँदा मात्रै पनि आहा !
विजय तिमिल्सिना
काठमाडौं
दिनभरि तासको खाल
अनि आधा रात
जाँडको आलमा
डुब्दासम्म केही हुन्न
तर एक झर झरीले
जलामय हुन्छ
जनताका नाममा
सदनका कैयौ कुर्सी
भाँचिए, साटिएसम्म
केही हुन्न
तर सरकारका
एक आश्वासनले
यो मन हराभरा हुन्छ
बोल्दिए पुग्ने हामीलाई
चुलोमा तेल
सडकमा रेल
भातै खानलाई केको दुःख
भनिदिँदा मात्रै पनि
आहा ! ठमेल हुन्छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया