अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
३५ पटक हेरिएको
Shares
अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

सारांश

  • काठमाडौं ।
  • पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ ।
  • वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी सदाम अन्सारी, वडा नं ११ श्रीपुर निवासी सन्तोष लामा, मोजालिम मियाँ, रोशन थापा, वडा नं २४ निवासी विजय महतोलाई पक्राउ गरेको छ ।

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ ।

वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी सदाम अन्सारी, वडा नं ११ श्रीपुर निवासी सन्तोष लामा, मोजालिम मियाँ, रोशन थापा, वडा नं २४ निवासी विजय महतोलाई पक्राउ गरेको छ ।

यस्तै बाराको परवानीपुर गाउँपालिका–३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका–२३ निवासी मुकेश पटेल र भारत विहारको मोतिहारीका इमाम अन्सारीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

पटवाललाई हतियार देखाएर अपहरण भएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ भिस्वाबाट उद्धार गर्न सफल भएको र अपहरणमा संलग्नहरुलाई वीरगञ्ज महानगरपालिका–६ स्थित रेल्वे खण्डबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताए ।

पक्राउ परेकाहरुको साथबाट अपहरणमा प्रयोग गरिएको एक थान पेस्तोल, पाँच राउन्ड गोली, रु चार लाख ९५ हजार नगदसहित ना१९प २८०८, ना६२प १०० र बिआर १ सिआर २४२५ नंको तीनवटा मोटरसाइकलसमेत बरामद भएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । पक्राउ परेकामध्ये विजय महतो अपहरण गिरोहका मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैमाथि अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी एकता प्रधानमन्त्री ओली र प्रचण्डमा भर, आज छलफल हुँदै
पार्टी एकता प्रधानमन्त्री ओली र प्रचण्डमा भर, आज छलफल हुँदै
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी
सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?
विश्वकप फुटबल २०१८: मैदानभन्दा सामाजिक सञ्जालमा चर्को भीडन्त
Pin-up Original Casino Turke
महाकाली राजमार्ग पुनः सञ्चालनमा
महाकाली राजमार्ग पुनः सञ्चालनमा
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम