प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
सारांश
- बेनी, १४ असोज ।
- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथि हस्तक्षेप नगर्न सरकारसंग आग्रह गरेका छन् ।
- नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारणसभा तथा पाँचाँै अधिवेशनको उद्घाटन गर्दै उनले स्वतन्त्र र निष्पक्षरुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ भने ।
बेनी, १४ असोज । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथि हस्तक्षेप नगर्न सरकारसंग आग्रह गरेका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारणसभा तथा पाँचाँै अधिवेशनको उद्घाटन गर्दै उनले स्वतन्त्र र निष्पक्षरुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ भने । नेता केसीले सामाजिक सञ्जाल नियन्त्रणका नाममा प्रेसमाथि नै अङ्कुश लगाउने काम गर्नु उपयुक्त होइन भन्दै आम सञ्चारमाध्यमले नेतामुखी भन्दा नीतिमुखी र व्यक्तिभन्दा पनि सही विचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
“नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा पत्रकारको भूमिका महत्वपूर्ण थियो, अहिले सङ्घीय गणतन्त्रको रक्षाका लागि पत्रकार सशक्त हुनुपर्छ”, उनले भने । नेता केसीले स्थानीय, प्रदेश र सङ्घीय सरकारले करको सीमा निर्धारण नगर्दा जनतामा करको भार थपिएको उल्लेख गर्दै उनले करको उपयोगलाई समेत हेक्का राख्न आग्रह गरे । सो अवसरमा प्रेस युनियन म्याग्दीद्वारा स्थापित ‘प्रेस युनियन पत्रकारिता पुरस्कार–०७५’ बाट पत्रकार हरिकृष्ण गौतमलाई सम्मान गरियो । नगद रु पाँच हजारसहित सम्मानपत्रद्वारा उहाँलार्य सम्मान गरिएको हो ।
प्रतिक्रिया