काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
सारांश
- काठमाडौं, १३ मंसिर ।
- काठमााडौं उपत्यकामा आजदेखि जोर बिजोर प्रणाली सुरु भएपछि यात्रुले सास्ती भोगेका छन् ।
- सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गरेपछि यात्रु समस्यामा परेका हुन् ।
काठमाडौं, १३ मंसिर । काठमााडौं उपत्यकामा आजदेखि जोर बिजोर प्रणाली सुरु भएपछि यात्रुले सास्ती भोगेका छन् । सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गरेपछि यात्रु समस्यामा परेका हुन् ।
आज सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो देखिएको छ । उनीहरुले घन्टौं कुर्दा पनि गाडी नपाएपछि जोर–बिजोर प्रणालीको आलोचना गरेका छन् ।
यसैबीच, बिभिन्न दलका नेताहरुले सरकारले आजदेखि चार दिनसम्म लागू गरेको जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् । राप्रपाका अध्यक्ष कमल थापाले सरकारले लागू गराएको जोर विजोर प्रणाली र विदेशी पाहुनालाई स्वागत गरेको शैलीप्रति भत्र्सना गरेका छन् ।
एशिया फाण्डेसन नामक विवादित संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले राजधानीबासीलाई सास्ती हुने गरी ४ दिन जोर विजोर प्रणालीको लागू गरेको भन्दै विरोध जनाएका हुन् ।
यस्तै, काँग्रेस नेता गगन थापाले पनि धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक रहेको बताए । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य भएकाले अबज्ञा गर्न उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आग्रह गरेका हुन् ।
प्रतिक्रिया