छोरीको हत्या गरेर फरार बाबु १९ वर्षपछि पक्राउ
सारांश
- काठमाडौं ।
- छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ ।
- गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।
काठमाडौं । छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ ।
गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।
पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
लोनीयाले १५ वर्षीया छोरी कान्ती २०५४ साउन २३ गते हराएकी थिइन् । हराएकी कान्तीको कङ्काल २०५४ भदौ १३ गते खेतमा भेटिएको थियो ।
उनको कपडाको आधारमा पहिचान गरिएको थियो । घट्नापछि लोनिया फरार थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया