बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
सारांश
- काठमाडौं ।
- काठमाडौका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङबीच यतिबेला दोहोरी चलेको छ ।
- दुइ मेयरको दोहोरीले यतिबेला सामाजिक सञ्जाल तातेको छ ।
काठमाडौं । काठमाडौका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङबीच यतिबेला दोहोरी चलेको छ । दुइ मेयरको दोहोरीले यतिबेला सामाजिक सञ्जाल तातेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको फेसबुक स्टाटस र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको प्रतिउत्तर यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। केही दिन अगाडी मात्र ४ दिन समय लिएर काठमाडौं आएका साम्पाङले सडकको छेउमा फोहोरको थुप्रो देखेपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन साहमाथि फोहोर उठाउन नसक्ने भन्दै प्रहार गरेका थिए।
साम्पाङ काठमाडौं बाट धरान फ़र्किएपछि त झन् फोहोरको विषयलाई लिएर दुइ मेयरबिच सामाजिक संजालमा दोहोरी नै चल्यो ।
उनले धरान पुग्ने बित्तिकै फेसबुकमा लेखे – ‘जस्ले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्सेकम काम त शुरु गरे।’ सोही स्टाटसमा कमेन्ट गर्दै काठमाडौंका प्रमुख साहले जवाफमा भनेका छन् – ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी।’
त्यसपछि हर्कले लगातार बालेन लक्षित स्टाटस राखेका छन। उनले भने( पहिलो ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’
त्यतिमात्रमा हर्क रोकिएनन, उनी भन्छन ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’ हर्कले फेरी बिहीबार फेसबुक स्टाटस लेख्दै बालेनलाई कटाक्ष गर्दै भनेका छन, ‘मैले के भने कसरी भने भन्दापनि मैले भनेको कुराले कस्तो र कति तरङ्ग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु । सी द रिजल्ट नट द वे ।’
सोही दिन नै हर्कले अर्को पोष्ट पनि गरे– ‘सत्य स्वीकार्न गाह्रो हुन्छ तर सत्य सत्य नै हो । अब बिस्तारै काठमाडौं तातिएर फोहोर व्यवस्थापन गर्नेछ । यी सब घोचपेच नभएको भए हुँदैन थियो । धन्यवाद युवा संघका युवाहरु र सबैलाई ।’
प्रतिक्रिया