कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी

सारांश

  • साँखु, ४ मंसिर।
  • काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
  • वार्षिक उत्सव कार्यक्रममा  क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

साँखु, ४ मंसिर।काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । वार्षिक उत्सव कार्यक्रममा  क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

क्याम्पसका स्ववियु सभापति पल बज्राचार्यले विद्यार्थीको भविष्यमाथि खेलबाड् भएको भन्दै स्रोतसाधनका साथै विषयगत शिक्षकको माग गरिएको हो उनले भने । बज्राचार्यले प्रशासनमा आर्थिक पारदर्शिता नभएकैले विद्यार्थीलाई चाहिने स्रोतसाधन जुटाउन नसकेको भन्दै विद्यार्थी युनियनको नेतृत्वमा क्याम्पसको प्रशासन सुधार्न र शैक्षिक गुणस्तर बढाउन माग गरेको बताए । करीब ४०० विद्यार्थी रहेको सो क्याम्पसमा विषयगत शिक्षक नहुँदा पठनपाठनमा अवरोध पुगेको विद्यार्थीको गुनासो छ । कक्षा १२ मा अध्ययनरत निशा गहतराज भ्न्छन, “ कक्षा ११ मा हामीले पत्रकारिता विषयको एक पृष्ठ पनि पढाउने शिक्षक पाएनौँ, विना शिक्षक अहिले पनि १२ कक्षा पढिरहेका छौँ के बुझेर परीक्षा दिने आफै अन्योलमा छौ ।”

विरोध कार्यक्रममा पुगेका नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुमन पाण्डेले विद्यार्थीको गुनासोका बारेमा क्याम्पसलाई ध्यानाकर्षण गराउँदै जायज माग पूरा गर्न प्रशासनलाई आग्रह गरे । तत्कालै विद्यार्थीका समस्या हल गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने क्याम्पस प्रमुख शैलेन्द्रप्रसाद कुँईकेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
के ‘शाहाे’ ले थाम्ला विँडाे ‘बाहुबलि’काे ?
के ‘शाहाे’ ले थाम्ला विँडाे ‘बाहुबलि’काे ?
राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित
कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
द्वन्द्वपीडितका लागि रु १७ करोड
द्वन्द्वपीडितका लागि रु १७ करोड

तपाईंले छुटाउनुभयो कि?