बजेटको तयारी गर्दै स्थानीय तह

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०८०
|
|
४० पटक हेरिएको
Shares
बजेटको तयारी गर्दै स्थानीय तह

सारांश

  • दोधारा चाँदनी ।
  • कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् ।
  • यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् ।

दोधारा चाँदनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् ।

यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् ।

‘वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी योजना बनाउन जुटेका छौँ’, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले भने । असार १० गते बस्ने नगरसभाबाट बजेट ल्याउने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

नगरप्रमुख ओझाले भने, ‘यस पटक हामीले स्थानीय स्रोतसाधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ ।’ उनले नगरपालिकाले यस पटक रोजगार केन्द्र स्थापना गर्ने बताए ।

भीमदत्त नगरपालिकाले पनि असार ७ गतेको नगरसभाबाट बजेट ल्याउने तयारी गरेको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले नगरपालिकाले सबै वडामा बस्ती भेला सकेर भेलाबाट आएका योजनाहरु वडा समितिमार्फत नगरसभामा पठाउने काम भइरहेको बताए ।

‘अहिले बस्ती भेलाबाट आएका योजना प्राथमिकताका आधारमा सभामा पठाउने काम भइरहेको छ’, उनले भने, ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गरिन्छ ।’

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । उनले अहिले सबै वडामा टोल भेलाबाट योजना छनोट भइरहेको बताए । ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौँ’, उनले भने, ‘विगतको तुलनामा यस पटकको बजेट फरक हुन्छ ।’

बस्ती भेलामा सहभागीहरुले जनप्रतिनिधिसँग विभिन्न गुनासा राख्ने गरेका छन् । सामान्यता स्थनीलयले सीपमूलक तालिम, सडक निर्माण, ढल निकास, विद्युत्का समस्यालगायत विषय उठाउने गरेको जनप्रतिनिधि बताउँछन् ।

स्थानीय सरकार गठनपछि विभिन्न चरणमा योजना छनोट हुने गरेको छ । वैशाखभित्र सङ्घ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी मार्गदर्शन प्राप्त गर्ने र दोस्रो चरणमा वैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने गरिन्छ । त्यस्तै, जेठभित्र बस्ती तथा टोल स्तरबाट योजना छनोट गरिसक्ने र असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह
रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह
Getting on Shark Tank
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने
यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता
१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
‘प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ’
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता