कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका

सारांश

  • काठमाडौँ, १४ कात्तिक  सरकारले तीन वर्षअघि ल्याएको सूर्तीजन्य पदार्थका बट्टा, पोका र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका अझै कार्यान्वयन हुनसकेको छैन ।
  • एक्सन नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थय शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख डा राधिका थपलियाले आफूहरुले ऐन कार्यान्वयन गराउनका लागि पटक पटक उद्योग मन्त्रालयमा पत्राचार गरिरहेको बताउनुभयो ।
  • उहाँले निर्देशिका कार्यान्वयनका लागि स्थानीय निकायलाई जिम्मेवार बनाउँदै कसलाई जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

काठमाडौँ, १४ कात्तिक  सरकारले तीन वर्षअघि ल्याएको सूर्तीजन्य पदार्थका बट्टा, पोका र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका अझै कार्यान्वयन हुनसकेको छैन ।

एक्सन नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थय शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख डा राधिका थपलियाले आफूहरुले ऐन कार्यान्वयन गराउनका लागि पटक पटक उद्योग मन्त्रालयमा पत्राचार गरिरहेको बताउनुभयो । उहाँले निर्देशिका कार्यान्वयनका लागि स्थानीय निकायलाई जिम्मेवार बनाउँदै कसलाई जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

सरकारले २०७१ साल कात्तिक १३ गते ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश, चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०७१’ जारी गरेको थियो ।

सूर्तीजन्य पदार्थको बढ्दो प्रयोगलाई निरुत्साहन गर्न र त्यसको प्रयोगले हुने मृत्युदर कम गर्न उक्त निर्देशिका ल्याइएको थियो । डा थपलियाले सूर्ती कम्पनी सूर्य नेपालले ९० प्रतिशत सन्देश र चित्र छाप्न अटेर गरिरहेको उल्लेख गर्नुभयो ।

जनस्वास्थ्य कार्यालय काठमाडौँंका प्रमुख महेन्द्र श्रेष्ठले ऐन कार्यान्वयनमा ढिलाइ भइरहेको स्वीकार गर्दै काठमाडाँैं महानगरपालिकालाई स्वस्थ शहर बनाउने अभियानअन्तर्गत सूर्तीरहित शहर बनाउने योजना रहेको जानकारी दिनुभयो ।

एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले उक्त ऐनानुसार २०७२ साल जेठ १ गतेदेखि उक्त नियम लागू हुनुपर्ने भए पनि जिम्मेवार निकाय नै सूर्ती उद्योगीको आर्थिक प्रलोभनमा परी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

नेपालले सूर्तीजन्य उत्पादनमा ९० प्रतिशत सन्देश छाप्ने नियम बनाइएपछि रु एक करोड नगदको अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको थियो । अध्यक्ष चन्दले सूर्य नेपालले आफ्ना उत्पादनमा ९० प्रतिशतमा सन्देशमूलक चित्र र सन्देश छाप्ने नियम कार्यान्वयन नगर्दा अन्य सूर्ती कम्पनीले समेतले नियम विपरीत मनपरी गर्न थालेको गुनासो गर्नुभयो ।

निर्देशिकाले चित्र छाप्दा पाँच छुट्टछुट्टै चित्र छाप्नुपर्ने, सन्देश नेपाली भाषामा हुनुपर्ने, २० खिल्लीभन्दा कमको पोका बनाउन नपाइने, खिल्ली बेच्न नपाइने र विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ । नेपालमा हरेक वर्ष १५ हजारभन्दा बढी मानिसले सूर्तीजन्य पदार्थ प्रयोगका कारण ज्यान गुमाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेका हुन : मसाल
विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेका हुन : मसाल
पत्रकार खशोग्गीको हत्या साउदी युवराजकै निर्देशनमा ः सिआइए
पत्रकार खशोग्गीको हत्या साउदी युवराजकै निर्देशनमा ः सिआइए
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
कङ्गोमा घरमा विमान ठोकियो, कम्तीमा २४ जनाको मृत्यु
कङ्गोमा घरमा विमान ठोकियो, कम्तीमा २४ जनाको मृत्यु
प्रियंका चोपडा यसकारण सलमान खान फकाउँदै
प्रियंका चोपडा यसकारण सलमान खान फकाउँदै
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने