देउखुरीका दर्जन बढी घर डुबानमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
४३ पटक हेरिएको
Shares
देउखुरीका दर्जन बढी घर डुबानमा

सारांश

  • दाङ ।
  • दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् ।
  • सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् ।

दाङ । दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् । दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए ।

त्यस्तै लमही नगरपालिका–१ सुनडवरी र ३ को कान्तिपुरमा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरबाट सरसामान र मानिसको उद्धार गरिएको छ । लमही–१ सुनडबरी निवासी ७० वर्षीय निमबहादुर सार्कीको फुसले छाएको घरमा पानी पसेको र घरभित्र रहेका दुई जनालाई उद्धार गरिएको छ । त्यस्तै लमही–३ कान्तिपुरका रामबहादुर कुमालको घरमा पानी पसेपछि छतमा रहेकाको उद्धार गरिएको छ भने सोही ठाउँका सुशील कुमाल र दयाराम चौधरी घर डुबानमा परेका छन् ।

कुमाल र चौधरीको घरबाट डुबानअघि नै मानिसलाई स्थानन्तरण गरिएको थियो । राजपुर गाउँपालिका–२ निवासी ३० वर्षीया पुष्पा नेपालीको घर भत्किएको छ । उनलाई नजिकै ग्वाते कुमालको घरमा सारिएको छ । निरन्तरको वर्षाका कारण कालाकाटे–गोबरहिडा सडक अवरुद्ध भएको छ । हुलाकी सडकअन्तर्गतको उक्त सडक बिहानदेखि अवरुद्ध भएको हो । त्यस्तै बेला–लमही सडकखण्डअन्तर्गत चन्दनपुर खोलामा आएको बाढीले आवतजावतमा समस्या भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलाले बा११च ९५११ नम्बरको स्कारपिओ बगाएको छ । घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओ आज बिहान बगाएको प्रहरीले जनाएको छ । सवारी चालको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त
बालोन डी’ओर: मेस्सि र रोनाल्डो दुवै अन्तिम तीनमा परेनन् !
बालोन डी’ओर: मेस्सि र रोनाल्डो दुवै अन्तिम तीनमा परेनन् !
कोरोना अपडेटः शुक्रवार ८ हजार भन्दा बढि संक्रमित थपिए
कोरोना अपडेटः शुक्रवार ८ हजार भन्दा बढि संक्रमित थपिए
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
पुरानै संरचनामा पुनर्निर्माण उपत्यकाका आठ दरबार
पुरानै संरचनामा पुनर्निर्माण उपत्यकाका आठ दरबार
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री
शान्ति विरोधी विखण्डनकारीलाई निस्तेज पार्ने : गृहमन्त्री
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि