कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
४४ पटक हेरिएको
Shares
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !

सारांश

  • बनेपा, २ साउन ।
  •   संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ ।
  •  जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू हुने गरी जिल्ला कार्यालय खारेज गरेकाले आफूहरुले भाडामा सञ्चालन गर्दै आएको कार्यालयको सामान सारिसकेको बताउनुभयो ।

बनेपा, २ साउन ।  संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ । जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू हुने गरी जिल्ला कार्यालय खारेज गरेकाले आफूहरुले भाडामा सञ्चालन गर्दै आएको कार्यालयको सामान सारिसकेको बताउनुभयो ।

“हामी कार्यालयमा भएको सामान कुनै जिल्ला समन्वय समितिको भवनमा, कुनै जिल्ला कृषि कार्यालय त कुनै घरेलुको भवनमा सारिसकेका छौँ ।” उहाँले भन्नुभयो , “भइसकेको काम हस्तान्तरण गर्ने र अडिट गर्ने मात्रै काम भएका कारण कामको चाप भने छैन ।” जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर विनु श्रेष्ठले भन्नुभयो, “हामीले भर्खरै तीन दिन लगाएर कार्यालयका सामान सा¥यौँ । कार्यालय खारेज गरेपछि अब कहाँ जाने के गर्ने हो केही थाहा छैन ।”

अधिकांश कार्यालय खारेज भएपछि भाडामा सञ्चालन हुँदै आएको कार्यालयको सामान सरकारी भवनमा सारिसकेको र स्थानीय शान्ति समितिको कार्यालय पनि जिल्ला प्रशासन कार्यालयमा सारिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले महिला तथा बालबालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, सहकारी डिभिजन कार्यालय, जिल्ला बालकल्याण समितिको कार्यालय र जिल्ला भूसंरक्षण कार्यालय लगायतका कार्यालय सरिसकेको छ भन्नुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने माथिबाट कुनै पनि आधिकारिक जानकारी नआएको जनाएको छ । कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले भन्नुभयो, “सञ्चार माध्यमबाट थाहा पाएपनि हामीलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएकाले कार्यालयमा नै सबेर काम गरिरहेका छौँ ।”  सरकारको निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवासुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव
पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम
प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल
भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल
गुल्मी अपडेटः पहिरोमा पुरिएर ११ जनाको मृत्यु
गुल्मी अपडेटः पहिरोमा पुरिएर ११ जनाको मृत्यु
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
काठमाडौँ–केरुङ रेलमार्ग:  द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
काठमाडौँ–केरुङ रेलमार्ग: द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
रबर जस्तै यिनको जिउ ? जहाँसुकैबाट सरीर मोड्न सक्ने
नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’
नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’