रबर जस्तै यिनको जिउ ? जहाँसुकैबाट सरीर मोड्न सक्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०७४
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • यो दुनियामा विचित्र मानिसहरुको कमी छैन ।
  • के तपाइँले रबर जस्तै मोडिन तथा बटारिन सक्ने मानिस देख्नुभएको छ ?
  • सायद छैन होला ।

यो दुनियामा विचित्र मानिसहरुको कमी छैन । के तपाइँले रबर जस्तै मोडिन तथा बटारिन सक्ने मानिस देख्नुभएको छ ? सायद छैन होला । तर भारतमा एकजना यस्ता युवक छन् जसको जिउ रबरजस्तै लचकदार छ ।

भारतको सुरतमा बस्ने १८ वर्षका यश शाह झ्वाट्ट हेर्दा सामान्य युवक जस्तै छन् । तर उनले आफ्नो जिउको लचकता देखाए भने देख्नेहरु नै हैरान हुन बाध्य हुन्छन् । यिनले जिउलाई यसरी रबर जस्तै गरी बटारिदिन्छन् कि मानौँ उनको जिउमा कुनै हड्डीहरु नै छैनन् ।

उनले आफ्नो गर्धनलाई १८० डिग्री बटारेर अनुहारलाई पिठ्यूँतर्फ फर्काउन सक्दछन् । उनले आफ्ना हातखुट्टालाई पूरै ३६० डिग्री सम्म सजिलैसँग मोडिदिन्छन् ।

यसरी घाँटी बटारेर अनुहारलाई ढाडतर्फ फर्काउँदा र हातखुट्टालाई फनक्क ३६० डिग्री बटार्दा कति दुख्दो हो ? तर उनको अनुहारमा चाहीँ दुखाइएका कुनै अनुभुतिहरु देखिँदैनन् । सजिलैसँग यसो गरिदिन्छन् ।

उनको नाम नै रबर ब्वाय रहन गएको छ अहिले । उनी सोसल मिडियामा पनि चर्चित छन् र उनका भिडियोहरु यु ट्युबमा खुबे लोकपि्रय बनिरहेका छन् ।

लचकदार जिउको विधामा गिनिज बुकमा नाम लेखाउने धोको यिनको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?