कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?

सारांश

  • नागपञ्चमी श्रावण महिना शुक्लपक्षको पञ्चमीका दिन मनाइन्छ ।
  • नागपञ्चमीमा दुध, दही, अक्षता, फूल, दुबो आदि राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि नागको तस्बीर टाँस्ने गरिन्छ ।
  • नागपञ्चमीलाई वर्षा याम समाप्त भइ हिउँद सुरू भएको दिन पनि मान्ने गरिन्छ ।

नागपञ्चमी श्रावण महिना शुक्लपक्षको पञ्चमीका दिन मनाइन्छ । नागपञ्चमीमा दुध, दही, अक्षता, फूल, दुबो आदि राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि नागको तस्बीर टाँस्ने गरिन्छ । नागपञ्चमीलाई वर्षा याम समाप्त भइ हिउँद सुरू भएको दिन पनि मान्ने गरिन्छ ।

पञ्चमीको वास्तविक ऐतिहासिक पक्ष यस्तो रहेको छ । परिक्षीत नाम गरेका राजालाई तक्षका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुबाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रमकार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ शुरु गर्दछन् जसमा सिद्द ऋृषि मुनि, साधु र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहीँ भष्म हुन्छन् । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षका पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यसपश्चात् आजैको दिन पुनर्जीवन पाएका हुन् ।

ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नागदेवताको बसोबास हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा घरको जग राख्नु शुभ मानिदैंन ।

ज्योतिषमा योगको महत्व हुन्छ । नराम्रा योगमध्येको कालसर्प योग पनि एक हो जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फलहरूमा पनि कमी ल्याउने गर्छ ।

हुन त यो सर्प दोष हो तर यो दोषले जीवनमा व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि भन्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन । अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्तति सुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन अध्यापनको क्षेत्रमा कमजोरी आदि समस्याहरु हुनाले कालसर्प योग भन्न थालियो । यसलाई पितृ दोष पनि भन्ने गरिन्छ ।

चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हँुदा कालसर्प योगको निर्माण हुन्छ । यसमा पनि राहुबाट बक्रीगतीतिर सबै ग्रहहरु हुँदा कालसर्प योगको प्रभाव धेरै हुन्छ । हेर्नुहोस् हजुरको कुण्डलीमा पनि कालसर्प योग छ कि ?

कालसर्प योग हुनेहरुले नागपञ्चमीको दिन नागको पुजा गरेर लाभ लिन सक्नु हुन्छ । कालसर्प योगको सम्बन्ध नागसँग भएकोले पनि नागपञ्चमीमा शाश्त्रीय बिधिअनुसार नागको पुजा गरेर कालसर्प योगको निवारण गर्ने गरिन्छ । यदि पूजा गर्न सम्भवन भएमा नागसँग सम्बन्धित मन्दिरहरु, खोलानाला , धार्मिक स्थलहरुको दर्शन गर्न सक्नुहुन्छ । यसरी पनि कालसर्प दोषको प्रभावलाई केही हदसम्म कम गर्न सकिन्छ । त्रिपिण्डी श्राद्ध, मृत्युञ्जय जप, नागपूजा गर्ने गरिन्छ ।

नागपञ्चमीको दिन आस्थावान धर्मावलम्बीहरु विधिवत तरिकाले व्रत पनि बस्ने गर्छन् र पुरै दिनको व्रतपछि सूर्यास्त भएपश्चात नागदेवताको पूजाको लागि सब पूजा सामग्री एवम् खीरप्रसाद इत्यादि नागदेवताको मूर्तिमा अथवा नागधारणा गरेको शिवको मन्दिरमा अर्पण गर्ने र सबैलाई प्रसादका रुपमा बाँड्ने, आफूले पनि ग्रहण गर्ने गरी व्रत समापन गर्ने चलन पनि छ ।

कालसर्प योग हुनेहरुको जीवनमा राहु केतुको दशा अन्तर्दशा चल्दा कष्टकर अवस्था हुने गर्दछ । धेरै व्यक्तिहरुको कुण्डलीमा यो योग हुन्छ । राहू केतु जीवनकालमा कुन समयमा चल्छ त्यो महत्वपुर्ण कुरा हो । राहु केतु ग्रह चल्दा मात्र कालसर्प योगको प्रभाव स्पष्ट देख्न सकिन्छ । अनेक समस्याहरुको सामना गर्नुपर्छ त्यसैले पनि नागपञ्चमीको दिन नागको पूजा गरेर भरपूर फाइदा लिन सक्नुहुन्छ । ज्योतिषः गोपाल अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी
दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी
क्रान्तिकारीमा ३० वर्षे उमेर हदबन्दी
क्रान्तिकारीमा ३० वर्षे उमेर हदबन्दी
मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो
मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
आजको राशीफल
आजको राशीफल
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव