कालीगण्डकी करिडोर : बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०८०
|
|
३१ पटक हेरिएको
Shares
कालीगण्डकी करिडोर : बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

सारांश

  • म्याग्दी।
  • उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी-गलेश्वर खण्डमा कालोपत्र थालिएको छ।
  • कालीगण्डकी करिडोरको बेनी-जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी-गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो।

म्याग्दी। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी-गलेश्वर खण्डमा कालोपत्र थालिएको छ।

कालीगण्डकी करिडोरको बेनी-जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी-गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो।

बेनी-जोमसोम-कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोड (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए। “प्राइमकोर्ड बिछ्याएको २४ घण्टापछि चिप्ससहित पहिलो चरणको कोड बिछ्याइन्छ”, उनले भने, “दोस्रो चरणमा सेकेण्ड कोड बिछ्याएपछि डिबिएसडी पिच पूरा हुन्छ।”

दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मंगलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट/पिएससहित १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीसहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए।

सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र थालिएको हो। “गत असार महिनामै बेस राख्न र कालोपत्र गर्नेबाहेकका सबै काम सकिएको थियो”, उनले भने, “सात दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।”

यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुने छ। मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।

“बेनी-गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ”, उनले भने, “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ।”

करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी-गलेश्वर रहेको बेनी-जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ। दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश
बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या
स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको

तपाईंले छुटाउनुभयो कि?