खप्तड गोल्डकपको उपाधि नेपाल पुलिसलाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ५,माघ।
  • सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
  • शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले थ्री स्टारलाई १–० ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

काठमाडौ ५,माघ। सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले थ्री स्टारलाई १–० ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे ।

खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई टच  हुँदै गोलमा परिणत भएको थियो ।
जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले भने १० लाख पाएको छ।

खेलमा निर्णायक गोल गरेका अभिषेक म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे भने उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए । उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिमद ११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?