१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
१० लाख धरौटी बुझाएर पूर्व गर्भनर रावल रिहा

सारांश

  • काठमाडौं ।
  •   पोलिमर नोट छपाईमा भ्रष्टाचार मुद्दा लागेका राष्ट्र बैंकका पूर्व गर्भनर डा तिलक रावल विशेष अदालत काठमाडौंमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
  • गएको पुस ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
काठमाडौं ।  पोलिमर नोट छपाईमा भ्रष्टाचार मुद्दा लागेका राष्ट्र बैंकका पूर्व गर्भनर डा तिलक रावल विशेष अदालत काठमाडौंमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । गएको पुस ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
सोमबार विशेष अदालतमा हाजिर भएका रावल थुनछेक बहसपछि धरौटी बुझाएर रिहा भएको  विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले जानकारी दिए । उकाका अनुसार  रावलले १० लाख रुपैयाँ नगद बुझाएका थिए ।
अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले गएको पुस ५ गते दश रुपैयाँ दरको पोलिमार नोट छाप्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्व गभर्नर तिलक रावलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छाप्दा रावलले ९१ लाख भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको हो। आयोगले राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख र प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध पनि ९१ लाख ९ हजार आठ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।
अनुसन्धानका क्रममा अष्ट्रेलियासँग पहिल्यै बोलपत्र मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता गैरकानुनी काम गरेर आर्थिक लेनदेन गरेको खुलेको आयोगले जनाएको छ ।
कम्पनीलाई बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्यप्रति हजारप्रति ६८ अष्ट्रेलियाली डलरबाट ४ डलर बढाउन लगाई बोलपत्र र सम्झौता गरी राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराएर नोक्सानी पुर्‍याएको अभियोग अख्तियारले लगाएको छ।
अख्तियारको मुद्दा दायर गर्दा रावलसहित अन्य आरोपी फरार रहेको उल्लेख गरेपछि विशेष अदालतले उनीहरुलाई १५ दिनभित्र हाजिर हुन म्याद पठाएको थियो । रावल म्यादभित्रै विशेषमा हाजिर भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?