कावासोतीको जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
२० पटक हेरिएको
Shares
कावासोतीको जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु

सारांश

  • नवलपुर ।
  • पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक-आपसमा ठोकिँदा ५ जना यात्रुको ज्यान गएको छ।
  • कावासोती नगरपालिका–८ मा पर्ने पूर्व–पश्चिम राजमार्गमा हिजो राति कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार पाँचै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी (नवलपुर) ले जनाएको छ ।

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक-आपसमा ठोकिँदा ५ जना यात्रुको ज्यान गएको छ। कावासोती नगरपालिका–८ मा पर्ने पूर्व–पश्चिम राजमार्गमा हिजो राति कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार पाँचै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी (नवलपुर) ले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार राति करिब १० बजेतिर खरकट्टा जंगलमा बुटवलबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र बुटवलतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको हो । ज्यान जानेमध्य ३ जना यात्रु सुरज रानामगर, दिलबहादुर रानामगर र दिपक विकको सनाखत भएको र अन्यको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।

त्यस्तैगरी नवलपरासीको मध्यविन्दुमा पनि दाङबाट काठमाडौँ आउँदै गरेको यात्रुवहाकबस दुर्घटनाहुँदा एक जनाको ज्यान गएको छ भने १५ जना यात्रु घाईते भएका छन् । नवलपरासीको मध्यविन्दु नगरपालिका –१० मा राति २ बजेति ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाईते भएका अन्य १५ जनाको चितवनको पूरानो मेडिकल कलेज र स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?