काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त

सारांश

  • श्रीनगर– भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतंककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ।
  • प्राप्त समाचारअनुसार श्रीनगर सहरबाट करिब ३५ किलोमीटर पश्चिममा पर्ने खारपोरा सिर्नाे भन्ने स्थानमा शनिबार बिहान सुरक्षा गस्तीमा रहेका भारतीय अर्धसैन्य बलमाथि हतियारधारी अज्ञात समूहले आक्रमण थालेपछि भीडन्त सुरु भएको बताइएको छ।
  • काश्मिरका एकजना प्रहरी अधिकारीले भनेका छन्, ‘भारतीय सुरक्षा दस्तामाथि भएको हमलापछि बिहानदेखि काश्मिरमा सो गोली हानाहान भएको छ, तर अहिलेसम्म कतैतर्फ पति हताहतको समाचार भने प्राप्त भएको छैन।

श्रीनगर– भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतंककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ।

प्राप्त समाचारअनुसार श्रीनगर सहरबाट करिब ३५ किलोमीटर पश्चिममा पर्ने खारपोरा सिर्नाे भन्ने स्थानमा शनिबार बिहान सुरक्षा गस्तीमा रहेका भारतीय अर्धसैन्य बलमाथि हतियारधारी अज्ञात समूहले आक्रमण थालेपछि भीडन्त सुरु भएको बताइएको छ।

काश्मिरका एकजना प्रहरी अधिकारीले भनेका छन्, ‘भारतीय सुरक्षा दस्तामाथि भएको हमलापछि बिहानदेखि काश्मिरमा सो गोली हानाहान भएको छ, तर अहिलेसम्म कतैतर्फ पति हताहतको समाचार भने प्राप्त भएको छैन।’

सो क्षेत्रमा हतियारधारीतर्फका केही लडाकू च्यापिएर रहेका अनुमान गरिएको पनि ती अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार सो क्षेत्रमा थप प्रहरी र अर्ध सैन्य बल पठाइएको छ र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ।

उक्त क्षेत्रको मोबाइल फोन सेवा रोकिएको छ भने त्यस वरपरको राजमार्ग र शाखा बाटोहरु पनि बन्द गरेर हतियारधारीलाई नियन्त्रणमा लिने प्रयास जारी राखिएको अधिकारीहरुले जनाएका छन्।

ती अधिकारीले भने,’हामीले भर्खरै प्राप्त गरेको जानकारीअनुसार पनि दुवै तर्फबाट गोलीको वर्षा भइरहेको छ र क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन। हामी क्षतिको विवरणको पर्खाइमा छौँ।’

सो क्षेत्रमा प्रतिबन्धित मुस्लिम समहूका हतियारधारीहले समय समयमा यसरी सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने गरेका छन्। उनीहरुमाथिको कारबाहीका क्रममा गएको बुधबारमात्र पनि दुई जना हतियारधारी मारिएका भारतीय सुरक्षाकर्मीले जानकारी दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?