यौन र सम्पत्तिका कारण बिग्रदै घरबार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
यौन र सम्पत्तिका कारण बिग्रदै घरबार

सारांश

  • काठमाडौं : नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे।
  • मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए।
  • आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले।

काठमाडौं : नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए। शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन्। दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफूबीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त बताइन्। विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्‍यो।

अर्जुन र शान्तिजस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए।

कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ। खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए।

अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम (नाम परिवर्तन) डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन्। उनले प्रहरीमा बुझाएको पैसाको पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ। तर, अहिले उनीसँग एक पैसा पनि छैन। पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन्। परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन्।

एसएसपी पोखरेलका अनुसार श्यामका जस्तै समस्या लिएर दिनहुँ युवा प्रहरीमा धाउँछन्। उनले भने, ‘विदेश जाँदा एउटा सपना र खुसी हुन्छ, फर्किएपछि पीडा मात्रै देखिन्छ युवामा। यो समस्या अहिले जटिल बन्दै गएको छ।’

अझ डरलाग्दो विषय त परपुरुषसँग शारीरिक सम्पर्क राखेर फोटो र भिडियो खिचेपछि बार्गेनिङका लागि बलात्कार गर्‍यो भन्ने घटनासमेत अहिले काठमाडौंमा व्यापक देखिएको छ।

प्रहरीका अनुसार गोंगबुस्थित एक गेस्ट हाउसमा जानकी र कौशल (नाम परिवर्तन) ले सहमतिमै यौनसम्पर्क राखे। उनीहरू दुवैको जीवनसाथी भने फरक-फरक छन्। आफैं हेर्ने र डिलेट गर्ने सर्तमा शारीरिक सम्पर्क गर्दाको फोटो र भिडियोसमेत उनीहरूले खिचे। भिडियो कौशलले तत्कालै डिलेट गरे तर जानकीले गरिनन्। विस्तारै जानकीले कौशलसँग पैसा माग्न थालिन्। भनेको समयमा भेट्न नपाएपछि उनी प्रहरीमा पुगिन्। आफूलाई फकाएर शारीरिक सम्पर्क गरेको र पछि धम्क्याउन थालेको भन्दै जानकीले कौशलविरुद्ध उजुरी हालिन्। महिला तथा बालबालिका सेवा केन्द्रले यो घटना अनुसन्धान गर्न परिसरलाई पठायो।

झापा घर भएर काठमाडौं बस्ने रीता (नाम परिवर्तन) ले श्रीमान् नभएका बेला अर्कै युवासँग शारीरिक सम्पर्क गरेको भिडियो खिचिन्। खाडी मुलुकमा पुगेका श्रीमान् दुई वर्षपछि फर्केर रीताको मोबाइल हेर्दा भिडियो र फोटो देखेपछि उनी मूर्छित बने। पत्नीसँग पारपाचुकेका लागि उनी प्रहरीमा पुगे।

यस्ता उजुरी निम्न परिवारदेखि संभ्रान्त परिवारबाट आउने गरेको केन्द्रले जनाएको छ। बर्दियाका एक व्यवसायी दम्पतीको सम्बन्ध राम्रै थियो। दुवैले छुट्टाछुट्टै कार चढ्थ्ये। पत्नीका नाममा पनि केही सम्पत्ति राखिदिएका ती व्यवसायी एकाएक प्रहरीमा पत्नीविरुद्ध उजुरी दिन पुगे। उजुरीमा पत्नी गाडी चालकसँग भागिन् भन्ने थियो। दुवै जना सहमतिमा भागेपछि प्रहरीले के नै गर्न सक्थ्यो र ! व्यवसायीले केहीसीप नलागेपछि पारपाचुके गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसलाई माधव नेपालको जवाफ : विधि प्रक्रियाअनुसार विधेयक पारित
कांग्रेसलाई माधव नेपालको जवाफ : विधि प्रक्रियाअनुसार विधेयक पारित
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
Sunny Leone’s husband Daniel Weber post an adorable picture with newborn twins!
Sunny Leone’s husband Daniel Weber post an adorable picture with newborn twins!
पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली
पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्
साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?