एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
३९ पटक हेरिएको
Shares
एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १-० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो।

म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए। त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एभर्टनको यो हारपछि १९ खेलमा १६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?