खानेपानीको चरम समस्यापछि कुवामा ताल्चा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
खानेपानीको चरम समस्यापछि कुवामा ताल्चा

सारांश

  • बैतडी, ३० फागुन , खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालेका छन् ।
  • गाउँमा रहेको कुवामा पानी सुक्दै गएपछि कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालिएको स्थानीयवासी द्रोपती ठगुन्नाले बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “कुवामा भएको पानी कसैले अनावश्यक रुपमा प्रयोग गर्न नपाओस् भनेर ताल्चा लगाउने गरेको हो” गाउँमा भएको कुवामा पानी सुक्दै गएपछि सरसफाइ र गाईभैँसीका लागि भने खोलाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयवासी वसन्ती ठगुन्नाले बताउनुभयो ।

बैतडी, ३० फागुन , खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालेका छन् ।

गाउँमा रहेको कुवामा पानी सुक्दै गएपछि कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालिएको स्थानीयवासी द्रोपती ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो, “कुवामा भएको पानी कसैले अनावश्यक रुपमा प्रयोग गर्न नपाओस् भनेर ताल्चा लगाउने गरेको हो”

गाउँमा भएको कुवामा पानी सुक्दै गएपछि सरसफाइ र गाईभैँसीका लागि भने खोलाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयवासी वसन्ती ठगुन्नाले बताउनुभयो ।

पानीको अभावमा शौचालयको प्रयोग गर्न नसकिएको तथा गाईभँैसीलाई पानी खुवाउन र सरसफाइका लागि खोला जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

गाउँमा खानेपानी नहुँदा पानीका लागि भौतारिनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिसिंह ठगुन्नाले बताउनुभयो । गाउँमा दुईवटा कुवा रहेका र दुबैमा पानी सुक्दै गएपछि स्थानीयवासीले ताल्चा लगाएर खानेपानी संरक्षण गर्ने गरेको पाटन नगरपालिका–५ का प्राविधिक सहायक वीरसिंह ठगुन्नाले बताउनुभयो ।

‘ पानीको स्रोतको पहिचान गरी गाउँमा खानेपानी पु¥याउनका लागि पहल गर्न वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरिसकेको समेत उहाँले बताउनुभयो । हिउँद शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा खानेपानीको समस्या हुन थालेको छ । गाउँमा भएका कुवा तथा इनार सुक्दै गएपछि खानेपानीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकअनुसार ८० प्रतिशत नागरिकको खानेपानीमा पहुँच छ । तर अधिकांश बस्तीमा हिउँद शुरु भएसँगै खानेपानीको समस्या देखिन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
७२९ पालिकामा मतगणना सम्पन्न : कांग्रेसले अगाडि
डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा
डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित
Glory Gambling Establishment ️ Play On The Internet On Official Site In India Beauty Casino Could Be The New Online Casino Throughout India Sign Upwards For Glory Casino And See For Yourself That It Will Be One Of The Best Gambling Sites Out There %
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
प्रदेशसभा र प्रतिनिधिसभा मा दलितको कोटामा गैरदलितको मस्ती !
प्रदेशसभा र प्रतिनिधिसभा मा दलितको कोटामा गैरदलितको मस्ती !
विश्व कप विजेताले पाए ४० करोड
विश्व कप विजेताले पाए ४० करोड

तपाईंले छुटाउनुभयो कि?