अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
सारांश
- काठमाडौं ।
- नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
- अकुत समपति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि छानविन थालेको बताएको छ ।
काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
अकुत समपति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि छानविन थालेको बताएको छ । अख्तियारले उनलाई समपति विवरण (१३ पन्ने) भराएको छ ।
अख्तियारले अर्यालसँगै बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको स्रोतले बताएको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया