साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्

सारांश

  • काठमाडौं ।
  • साउदीमा विभिन्न समयमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमाबापतको पैसा पाउन बाँकी रहेको छ ।
  • रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ ।

काठमाडौं । साउदीमा विभिन्न समयमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमाबापतको पैसा पाउन बाँकी रहेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । यो सन् २००२ देखि १३ जुन २०२४ सम्मको अवधिको हो ।

दुर्घटना भएर दर्ता नभएका, अस्वीकृत भएका र आगामी दिनमा दर्ता गर्न तथा स्वीकृत गर्न बाँकी रहेकाको संख्या १ सय २४ रहेको छ । यस्तै, कार्य दुर्घटनामा परी गोसीबाट स्वीकृत भएका परिवारलाई सम्पर्क गरी आवश्यक कागजात प्रक्रिया पूरा गरी पेस गर्नुपर्ने १ सय ४० जना रहेको दूतावासले जनाएको छ ।

यस्तै, दुर्घटनाको अवस्था पत्ता लगाउन काम गर्नुपर्ने संख्या ३९, प्रक्रियामा रहेका दुर्घटना स्वीकृतका लागि काम गर्नुपर्ने संख्या ८९, चेक फिर्ता भएकाहरू २३ र हालसम्म रकम भुक्तानी नभएकाहरूका लागि काम गर्नुपर्ने संख्या ३१ रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार काम गर्ने क्रममा दुर्घटनामा परी घाइते भई सधैंका लागि अपांग वा मृत्यु भएको अवस्थामा परिवारले ३ लाख ३० हजार साउदी रियाल पाउने व्यवस्था रहेको छ । यसैगरी, अंगभंग भएकाको हकमा १ लाख ६५ हजार रियाल पाउने व्यवस्था छ ।

साउदीमा काम गर्ने क्रममा दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएकाको परिवारले यस्तो रकम पाउन बाँकी भए यथासक्य सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

नाम नखुलाउने सर्तमा दूतावासका एक कर्मचारीले साउदीमा आफ्नो कार्यकाल अझै १० महिना बाँकी रहेकाले भरिसक्य सबै, नभए करिब २ सय परिवारलाई भए पनि यस्तो रकम नेपाल पठाउनसके ठूलो राहत मिल्ने बताए।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !
नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
बतास एम.ए. डब्लु आईसरका १० बस बाबा गोकर्णेश्वर प्रालिलाई हस्तान्तरण
बतास एम.ए. डब्लु आईसरका १० बस बाबा गोकर्णेश्वर प्रालिलाई हस्तान्तरण
सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते
सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते
१८ देशमा राजदूत नियुक्त : कुन देशको राजदूतमा को सिफारिस?
१८ देशमा राजदूत नियुक्त : कुन देशको राजदूतमा को सिफारिस?
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट
आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

तपाईंले छुटाउनुभयो कि?