कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने

सारांश

  • कास्की, ५ जेठ ।
  • नेपाली काँग्रेस कास्कीले जिल्ला सम्मेलन गर्ने भएको छ ।
  •  कास्की काँग्रेसको शुक्रबारको बैठकले जेठ १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कास्की, ५ जेठ ।

नेपाली काँग्रेस कास्कीले जिल्ला सम्मेलन गर्ने भएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले जेठ १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

१७ गते जिल्ला सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गर्ने छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सम्मेलनलाई सम्बोधन गर्ने छन्।

सम्मेलनको दोस्रो दिन १८ गते जिल्ला कार्य समिति कास्कीको तर्फबाट राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरिने छ ।

सम्मेलनमा कास्कीका क्षेत्रीय प्रतिनिधि र अगुवा कार्यकर्ता गरी सात सय बढि सहभागी हुने छन् । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?