पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना ! एमाले-माओबादी एकता !
सारांश
- हिजोमात्रै प्रभावशाली राजपा नेताहरू हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायत पाँच जनाले स्वतन्त्र रूपमा रहेर एमालेबाट निर्वाचन लड्ने घोषणा गरे।
- व्यवहारिक रूपमा उनीहरूले स्वतन्त्र रहने भनेपनि निर्वाचनमा एमालेको चिन्ह प्रयोग गरेपछि उनीहरू एमालेकै आधिकारिक उम्मेदवार हुनेछन् र, जिते भने एमाले सांसद हुनेछन्।
- निर्वाचन कानुनअनुसार कुनै पार्टीको निर्वाचन चिन्ह लिएर लडेको व्यक्ति त्यही पार्टीको हुन्छ।
हिजोमात्रै प्रभावशाली राजपा नेताहरू हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायत पाँच जनाले स्वतन्त्र रूपमा रहेर एमालेबाट निर्वाचन लड्ने घोषणा गरे।
व्यवहारिक रूपमा उनीहरूले स्वतन्त्र रहने भनेपनि निर्वाचनमा एमालेको चिन्ह प्रयोग गरेपछि उनीहरू एमालेकै आधिकारिक उम्मेदवार हुनेछन् र, जिते भने एमाले सांसद हुनेछन्। निर्वाचन कानुनअनुसार कुनै पार्टीको निर्वाचन चिन्ह लिएर लडेको व्यक्ति त्यही पार्टीको हुन्छ।
रिपोर्टर्स क्लव नेपालको एक कार्यक्रममा एमाले नेता भिम रावलले कुनैपनि हालतमा एमाले पहिलो पार्टी बन्ने र यसका लागी पूर्व राजा ज्ञानेन्द्रसँग एकता गर्न परे पनि गर्ने धाराणा सार्वजनिक गरे ।
यतिवेला एमालेलाई बहुमत सहित पहिलो दल हुनै पर्ने वाध्यता छ किनकि वहुमत विनाको पहिलो भएर एमालेले केन्द्रीय सरकारको नेतृत्व गर्न सक्दैन र फेरी माओवादी कांग्रेसकै पोल्टामा सत्ता जान्छ ।
तराईमा उसले व्यहोरेको पराजय र एमाओवादीको देशव्यापी वलियो उपस्थितिले उसले आफ्नो हार स्विकारीसकेको छ र जित्नको फण्डा सिर्जना गरिरहेको छ । यो फण्डामा माओवादी परेमा प्रचण्ड युग सकिने कुरा निश्चत छ ।
प्रतिक्रिया