आज सवारीसाधन नचलाउने समितिको रुट परमिट आजैदेखि खारेज
सारांश
- काठमाडौं, २१ बैशाख ।
- बन्द हड्तालको नाममा आज सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ ।
- गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।
काठमाडौं, २१ बैशाख । बन्द हड्तालको नाममा आज सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।
सरकारको निर्णय नमान्ने यातायात व्यवसायीको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आजै साँझदेखि लागु हुने गरी रुट परमिट निलम्ब गर्ने तयारी भइरहेको भट्टराईले बताए । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट परमिट निलम्बन गरिने उनले जानकारी दिए । सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरुले बैँकबाट धमाधम पैसा निकालेको सूचना प्राप्त भएको भन्दै उनले बैँक खाता रोक्नका लागि गृहमन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताए ।
Bhakta Bdr Sodari
Good
Khagendra Hartamchhali
Sarkarlai muri muri dhandebad.yo jantalai dukha dine ani jantalai 30 barsa bhanda thotro gadima sinki jastahi khadi chalaune gadi malikharulai jel khojnu parxa.jantalai yesrai dukha dine ra jantalai lutna paidahina.
Kebal Kc
Good job
Kebal Kc
देसको कनुन भन्दा माथि कोइ हुँदैन | सरकारको जायज माग लाई अहिले जनताको साथ छ | यतायत् ब्यबसाहिको गुण्डागर्दी बिरुद्द सरकार कडा भन्दा कडा भयर लग्नुपर्छ |
Tilak Sunari
Verry very good.