शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
सारांश
- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
- यसको लागि उनले सत्तापक्षीय गठबन्धनका नेताहरुसँग छलफलसमेत गरिसकेका छन् ।
- हिजोमात्रै पनि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसको लागि उनले सत्तापक्षीय गठबन्धनका नेताहरुसँग छलफलसमेत गरिसकेका छन् । हिजोमात्रै पनि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।
तर, नेपालको दलबाट वामदेव गौतम आँफै सरकारमा नेतृत्व गरेर आउन ईच्छुक भएपछि उपप्रधानमन्त्री राख्ने सहमति भएको हो । वामदेवलाई मात्रै उपप्रधानमन्त्री बनाईए गठबन्धनमा असर पर्ने देखेर देउवाले चार जनालाई उपप्रधानमन्त्री बनाउने भएका हुन् । नेपाल समूहबाट गौतम उपप्रधानमन्त्री बन्ने निश्चित् भएको छ । उता, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने भएका छन् । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सहभागी हुनेलाई उपप्रधानमन्त्री बनाउने देउवाको तयारी छ ।
प्रतिक्रिया