जापान विभिन्न शहरमा प्रदर्शन हुँदै पिञ्जडा ब्याक अगेन
सारांश
- माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पिञ्जडा ब्याक अगेन जापानमा पनि प्रदर्शन हुने भएको छ ।
- नेपालमा प्रदर्शन भएको १० दिन पछि यो फिल्मको विशेष शो जापानमा गरिदैछ ।
- जनवरी २८ मा फिल्मको शो गरिने निश्चित भएको हो ।
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पिञ्जडा ब्याक अगेन जापानमा पनि प्रदर्शन हुने भएको छ । नेपालमा प्रदर्शन भएको १० दिन पछि यो फिल्मको विशेष शो जापानमा गरिदैछ । जनवरी २८ मा फिल्मको शो गरिने निश्चित भएको हो । फिल्म शोमा निर्देशक हिमाल केसी सहित निखिल उप्रेती पनि जाँदैछन् । कार्यक्रममा सहभागिताका लागि नेपालस्थित जापानी राजदुतावासले निखिल, हिमाल र अभिनेत्री सञ्चिता लुइटेललाई जापानको लागि भिजा दिइसकेको छ । जनवरीमा टोकियोमा प्रदर्शन गरे पछि जापानका अन्य शहरहरुमा पनि प्रदर्शन गरिने बताइएको छ । फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको छ ।
श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुश्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराई, विना थापा लगायतको अभिनय रहेको छ । कलाकार बिनाको केही दिन अघि दुर्घटनामा परी निधन भएको थियो ।
प्रतिक्रिया