आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
२६ पटक हेरिएको
Shares
आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो

सारांश

  • श्रीलङ्कामा आज बुधवारदेखि दैनिक १० घण्टा बिजुली कटौती हुने भएको छ ।
  • देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी बिजली कटौती दैनिक रूपमा गर्नुपरेको अधिकारीहरूले बताएका एएफपीले जनाएको छ ।
  • दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा आज बुधवारदेखि दैनिक १० घण्टा बिजुली कटौती हुने भएको छ । देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी बिजली कटौती दैनिक रूपमा गर्नुपरेको अधिकारीहरूले बताएका एएफपीले जनाएको छ ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा प्रयोग हुने बिजुलीमध्ये ४० प्रतिशत बिजुली जलविद्युत् परियोजनामार्फत उत्पादन हुने गरेको छ । जलविद्युत् उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् ।

पर्याप्त वर्षा नभएकाले जलाशयमा पानी कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नुपर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत् प्रवाह पनि कटौती गर्नुपरेको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?