ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…

सारांश

  • काठमाडौं, २० जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुले अब निराशाका गीत गाउनु नपर्ने बताएका छन् ।
  • साँस्कृतिक संस्थानले आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निरंकुशता विरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।
  • २०२६ सालतिर जनता जगाउने कलाकारको खोजीमा जेबि टुहुरे र लव प्रधानलाई आफूले भेट्दा मधुमल्ला गाएको प्रसंग सुनाए ।

काठमाडौं, २० जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुले अब निराशाका गीत गाउनु नपर्ने बताएका छन् ।

साँस्कृतिक संस्थानले आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निरंकुशता विरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

२०२६ सालतिर जनता जगाउने कलाकारको खोजीमा जेबि टुहुरे र लव प्रधानलाई आफूले भेट्दा मधुमल्ला गाएको प्रसंग सुनाए । ‘२०३० सालमा म जेल परें । तर पनि हामी एक दिन जित्नेछौं भन्ने गीत गाएर कत्ति पनि आत्मविश्वास घटेन’ ओलीले भने ।

रामेशहरुले देशका लागि गाएको गीतले सार्थकता पाएको बताउँदै प्रधानमन्त्री ओलीले सबैको योगदानले देशमा परिवर्तन आएको बताए । ‘अब हामी समृद्ध नेपाल, सुखी नेपाल बनाउछौं । कलाकारले अब निराशाका गीत गाउनु पर्दैन’ उनले भने ।

कुनै बेला जनता जगाउन ‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ’ बोलको गीत रचना गरेका र गाएका कलाकारलाई त्यस गीतका अरु भाग रचना गर्न र गाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘हिजो फरक प्रसंगमा यो गीत गाउनु भएको थियो’ ओलीले भने, ‘आज देश निर्माण गर्ने सन्दर्भमा यो गीतको नयाँ भाग ल्याएर जनतालाई जगाउनुहोस् ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीलगायत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतले गायक रामेशलाई गीत संगीतमा नेपाली समाजलाई अतुलनीय योगदान पु¥याएकोमा अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?