नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
१६ पटक हेरिएको
Shares
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा

सारांश

  • काठमाडौं, २३ फागुन ।
  • नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबीच आज भेटवार्ता भएको छ ।
  • राजदूत क्वात्राले छिमेकी मुलुक भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको स्पष्ट पारेका छन् ।

काठमाडौं, २३ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबीच आज भेटवार्ता भएको छ । राजदूत क्वात्राले छिमेकी मुलुक भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको स्पष्ट पारेका छन् ।

उनले वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भनेर भारतले निष्कर्ष निकालेको पनि सुनाएका थिए । त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गरे । विशेष गरी लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेश्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुसी व्यक्त गरे ।

अरुण तेश्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धा्िरत समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।

यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?