३३ किलाे सुन प्रकरण: थप प्रहरी छानबिनमा(नामावली सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: थप प्रहरी छानबिनमा(नामावली सहित)

सारांश

  • काठमाडौं, २० बैशाख ।
  • सुन तस्कर चुँडामणि उप्रेती (गोर) को समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ५ सय २१ पटक ३८ सय किलो सुन तस्करी गरेको खुलेको छ।
  • बुधबार ८ प्रहरी अधिकारीसहित १७ अर्ब १ करोड ८० लाख रुपैयाँ असुल हुनुपर्ने माग दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ।

काठमाडौं, २० बैशाख । सुन तस्कर चुँडामणि उप्रेती (गोर) को समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ५ सय २१ पटक ३८ सय किलो सुन तस्करी गरेको खुलेको छ।

बुधबार ८ प्रहरी अधिकारीसहित १७ अर्ब १ करोड ८० लाख रुपैयाँ असुल हुनुपर्ने माग दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ। प्रहरीको एक महिना लामो अनुसन्धानपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले वालहवाल प्रहरी अधिकृतसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

प्रहरीको अनुसन्धानमा ५ सय २१ पटक गरेर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुन गोरे समूहले मात्रै तस्करी गरेको पाइएको छ।तस्करीमा थप प्रहरीको संलग्नता देखिएको र उनीहरुमाथि छानबिन समितिले दोस्रो चरणमा अनुसन्धान गर्ने जनाएको छ।

को-को छन् फरार?
त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी प्रकरण र त्यससँगै जोडिएको शनम शाक्य हत्या काण्डपछिको अनुसन्धानमा प्रहरीले ६३ जनालाई अभियोग लगाएको छ। जसमध्ये २९ जना पक्राउ परेका छन् भने ३४ जना फरार छन्।

सुन तस्करीका मुख्य नाइके गोरेसहित सुरेन्द्र गौतम, भोजराज भण्डारी, रुस्तम भनिने मोहमद उस्तम मियाँ, टुकबहादुर मगर, रोहित आचार्य, भविन राई भनिने भविन तामाङ, कृष्ण बस्नेत फरार छन्।

यस्तै, मामा भनिने मोहनकुमार अग्रवाल, डेविट डा भनिने छिरिङ वाङ्गेल घले, बहुला भनिने सुनिलकुमार अग्रवाल, कालुरकालेरकिसन उपनाम भएका कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, चेतन भनिने बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, बेनु श्रेष्ठ, हरिशरण खड्का, निरु भनिने नर्वदा खरेल, प्रयास पराजुली, कमल कार्की, सञ्जय अधिकारी पनि फरार छन्।

यसैगरी, शिवकुमार गुभाजु, समिर अधिकारी, मणिराज चौलागाई, सुनिल श्रेष्ठ, आरबी उपनामका रक्षा भण्डारी, अर्जुनप्रसाद खरेल, रोशन भुसाल भनिने गुप्तलाल भुसाल, माधव आचार्य, ओम प्रकाश नेवार, रामहरि कार्की, गीता श्रेष्ठ, श्यामबहादुर खत्री र अमर भनिने अम्बरबहादुर थापा मगर फरार अभियुक्तको सूचीमा छन्।

को–को पक्राउ परे
एसएसपी दिवेश लोहनी, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, सम्वीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले उपनामका पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार र विष्णुबहादुर खड्का।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσB-) ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस (कोभिड-१९) र यसबाट बालबालिकामा पर्न सक्ने दुरगामी प्रभाव
कोरोना भाइरस (कोभिड-१९) र यसबाट बालबालिकामा पर्न सक्ने दुरगामी प्रभाव
नेपाल कतारसँग पराजित
नेपाल कतारसँग पराजित
जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग
जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग
अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन
अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता
यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने सौभाग्य पाएका नेता
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?