अफगानिस्तान सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अफगानिस्तान सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु

सारांश

  • काबुल, २८ भदौ ।
  • अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ ।
  • अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ ।

काबुल, २८ भदौ । अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ ।तर सन् २०१४ पछि इस्लामिक स्टेस ९आईएस० आतङ्ककारी समूहको पनि बिगबिगी बढ्न थाल्यो र आईएस समूहले पनि बारम्बार यस्ता भीषण आक्रमण गर्दै आएका छन् ।

अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्म भएका केही भीषण आतङ्ककारी आक्रमण यसप्रकार रहेका छन् ।सन् २०१८ को सेप्टेम्बर ११ मा यस वर्षको सर्वाधिक घातक मानिएको नानगाहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा परी ६८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १६५ जना घाइते भएका छन् ।यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।

सन् २०१८ को जनवरीमा काबुलको प्रमुख शहरमा गराएको एक विस्फोटक पदार्थ विस्फोटनमा परी कम्तीमा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस विस्फोटमा परी मारिएका प्रायः सर्वसाधारण नागरिक नै थिए । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो ।सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्टिया प्रान्तको गार्डेज शहरमा प्रहरी परिसरमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो ।त्यसैगरी सन् २०१७ को मे ३१ मा काबुलमा भएको भीषण बम आक्रमणमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

२०१७ कै अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार इ सरिफ सैनिक पोशाकमा प्रवेशगरी सैन्य शिविरको मस्जिद र डिनर हलमा गरिएको आक्रमण १४४ व्यक्तिको मृत्यु भएको थियो ।त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरुले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको आधिकारीक विवरण छ । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए ।

सन् २०१६ मा जुलाई २३ तारिखमा काबुलको सिया मुसलमान समूहको भिड भएको ठाउँमा दुई वटा विस्फोटन हुँदा ८५ जनाको मृत्यु भएको थियो भने अरू २३१ जना घाइते भएका थिए ।अप्रिल १९ मा मध्य काबुलमा तालिबान लडाकूहरुले गरेको ट्रक बम आक्रमणमा परी ६४ जनाको मृत्यु भएको थियो भने ३४० जना घाइते भएका थिए ।

सन् २०११ डिसेम्बर ६ तारिखमा काबुलमै अशुरा पर्वको बिदाका दिनमा सिया मुसलमान समुदाय लक्षित आक्रमणमा ८० जना मारिएका थिए । त्यही दिन दोस्रो आक्रमण मजार इ सरिफको एउटा शहरमा भएको थियो । त्यसमा चार जना मारिएका थिए । त्यसको जिम्मेवारी तालिबान लडाकूहरुले अस्वीकार गरेका थिए ।सन् २००८ जुलाई ७ तारिखका दिन भएको आत्मघाती कारबम आक्रमणमा ६० जना मारिएका थिए । तीमध्ये पाँच जना भारतीय नागरिक थिए । सो घटनामा १५० जना घाइते भएका थिए । तालिबान लडाकूहरुले यस घटनामा आफ्नो संंलग्नता नरहेको दाबी गरेका थिए ।

फेब्रुअरी १७ तारिखका दिन कान्दाहारको एउटा शहरमा भएको आत्मघाती आक्रमणमा परी १४० जना पुरुषको मृत्यु भएको थियो । तीमध्ये ५० जना सहायक प्रहरी अधिकृत पनि थिए ।

सन् २००७ नोभेम्बर ६ तारिखका दिन ५९ जना बालबालिकासहित ७९ जना मारिएका थिए । तीमध्ये छ जना सांसद पनि थिए । काबुलको उत्तरी क्षेत्रमा पर्ने पुल इ खुम्रीमा रहेको एउटा चिनी कारखाना भ्रमणमा गएका विशिष्टहरुको टोलीमाथि आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । सो घटनाको जिम्मेबारी लिन तालिबान लडाकूहरुले भने अस्वीकार गरेका छन् ।संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
वाइडबडी  प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
वाइडबडी प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
ज्वालामुखि विस्फाेटमा परी मृत्यु हुनेकाे सङ्ख्या ६५
ज्वालामुखि विस्फाेटमा परी मृत्यु हुनेकाे सङ्ख्या ६५
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

तपाईंले छुटाउनुभयो कि?